BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
अपराध घटना राष्ट्रिय समाचार समाचार

नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

भक्तपुर । नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झण्डै साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए ।

उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी, ग्राम इब्राइमपट्टी, पञ्चायत, भिमपूरा, थाना, बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता लिएको खुलेको बताए ।

पक्राउ पर्नेमा भारत बिहार घर भइ काठमाण्डौको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेका छन् । यस्तै बिहार नै घर भइ ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्गबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलङ्की बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता पक्राउ परेका छन् ।

भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको उनको भनाइ छ ।
एसएसपी केसीले उनीहरूलाई शनिबार हिजो काठमाण्डौको शङ्खमूल, कलङ्की, बागबजार, गोङ्गबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताउँदै उनीहरुले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न ठाउँमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरेर बसेका समेत जानकारी दिए ।

थप ख़बर

मदरल्याण्ड स्कुलका ‘मिस एण्ड मास्टर लिटिल स्टार’ लाई एक महिनादेखि ६ महिनासम्मको छात्रवृत्ति

भक्तपुर टाइम्स

भक्तपुर नगरपालिकामा कूल बजेटको १९ प्रतिशत शिक्षामा, इसिडी शिक्षकको बढ्यो पारिश्रमिक

भक्तपुर टाइम्स

भक्तपुरमा कूल १ हजार १ जनाको उम्मेदवारी : ६५ जना मेयर, ३५ जना उपमेयर

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy