भक्तपुर । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयका विद्यार्थीको आँखा र दाँत जाँच गरिएको छ । रोटरी क्लब अफ काठमाडौं हाइटले रोटर्याक्ट क्लब अफ काठमाडौं मिडटाउनसँग मिलेर महेन्द्र ग्राममावि सुडाल, भक्तपुरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरबाट विद्यालयको कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका ३ सय ५० बढी विद्यार्थी लाभान्वित भएका छन् ।
विद्यार्थीको भिजन स्क्रिनिङका लागि आरएसी मिडटाउन र डेन्टल स्क्रिनिङका लागि आरसीकेएचले समन्वय गरेको विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले बताए । उनले सो शिविरमा दन्त र दृष्टि शिक्षाको बारेमा सचेतना कक्षा पनि सञ्चालन गरिएको जानकारी दिए ।
सोही अवसरमा विद्यार्थीलाई डेन्टल किट प्रदान गरिएको थियो। शिविरका लागि आरसीकेएच र आरएसी मिडटाउनका सदस्यहरू र स्वयंसेवकहरूले सहयोग गरेका थिए ।