BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार स्वास्थ्य

भक्तपुरमा निः शुल्क मोतिबिन्दु आँखा शिविर हुँदै

भक्तपुर । भक्तपुरको डा. इवामुरा मेमोरियल हस्पिटलले निः शुल्क मोतिबिन्दु आँखा शिविर गर्ने भएको छ ।

बढ्दो आँखाका बिरामीहरुलाई सहज र सरल सेवा दिन अस्पतालले बैशाख ९ गते शनिबार सो आँखा शिविर गर्ने भएको हो ।

चीनको शन्शन् छाओछिङ होइसँग सहकार्य गर्दै अरनिको समाज भक्तपुरसँगको समन्वयमा अस्पतालले सो शिविर सञ्चालन गर्ने अस्पताल स्रोतले जनाएको छ । सो शिविरमा सहभागी भई आँखा जँचाएकाहरुमा मोतिबिन्दु देखिए अस्पतालले मोतिबिन्दुको निशुल्क शल्यक्रिया गर्ने जनाएको छ ।

शिविर विहान ९ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

थप ख़बर

बासु क्षितिज भए कार्टुनिष्ट क्लबको अध्यक्ष

भक्तपुर टाइम्स

सिमेन्ट र डन्डीमा यसरी ठगिन्छन् उपभोक्ता, यसरी ठग्छन् व्यापारी

भक्तपुर टाइम्स

आधामात्र उठ्यो ल्योसिं, बिस्का खल्लो

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy