BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
कला/ संस्कृति भक्तपुर नगरपालिका राष्ट्रिय समाचार समाचार

आज बिस्काको अन्तिम दिन : ‘अपावार’ हुने सम्भावना, १५ सय सुरक्षाकर्मी परिचालन

भक्तपुर । बिस्कासँगै जोडिएर आउने विषय बनेको छ, इँटा वार, अर्थात् ढुंगा हानाहान । ढुंगा हानाहानका कारण जात्रा नै बदनाम हुने गरेको छ ।

यो वर्षको बिस्काको सुरुवातमै पनि ढुंगा हानाहान भएको छ । गत चैत २७ गते सुरु भएको बिस्काको दिन भैरबको रथ तानेर दत्तात्रय पुर्याएपछि ढुंगा हानाहान भएको थियो । सोही आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी आवश्यक कारबाही थालेको छ ।
आज बिस्काको अन्तिम दिन, आज जात्रा भैरबको रथ तानेर बिस्का जात्रा विर्सजन गर्ने प्रचलन छ । सोहीस् अनुसार अहिले रथ तान्ने आवश्यक तयारी चलिरहेको छ ।

यसरी जात्राको तयारी भइरहँदा भक्तपुरबासीमा भने छुट्टै शंका छ, आज पनि कतै अस्तिजस्तै ढुंगा हानाहान त हुने हैन?
ढुंगा हानाहानका कारण बदनाम भएको बिस्काको अन्तिम दिन आज पनि ढुंगा हानाहान हुने सम्भावना प्रवल रहेको धेरैको अनुमान छ । ‘अस्तिको बदला लिनका लागि भए पनि आज ढुंगा हानाहान हुने सम्भावना छ ,’ तौमढीमा जात्रा हेर्न बसेका एक स्थानीयले भने ।

स्थानीयको मात्र नभएर प्रहरी प्रशासनले पनि जात्रामा अराजक र उच्छृङ्खल गतिविधि हुने अनुमान गरेको छ । सोही कारण प्रहरीले आजका लागि विशेष सुरक्षा व्यवस्था गरेको प्रहरीले जनाएको छ ।

जात्रामा हुनसक्ने हुलहुज्जत, दंगादेखि इँटा वारसम्मलाई ध्यानमा राखी प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी प्रजित केसीले जात्राको अन्तिम दिनका लागि बर्दिधारी ७४९ प्रहरी, एकसय सिभिल, सशस्त्र प्रहरीका ६ सय ३० जना भक्तपुरका विभिन्न ठाउँमा तैथान गरिएको बताए ।

उनले ठाउँठाउँमा रहेका सिसिक्यामेरामार्फत् विशेष निगरानी समेत गर्ने जनाए ।

 

थप ख़बर

तीन महिनाभित्र ख्वप विश्वविद्यालयलाई मान्यता : मुख्यमन्त्री पाण्डे

भक्तपुर टाइम्स

जितपुरे कार्कीको ‘आज सबैको खाँचो छ’ विमोचन

भक्तपुर टाइम्स

भक्तपुरमा काँग्रेस, एमाले, माओवादी र नेकपा(एस) का उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता : भने, ‘इच्छा भएन’

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy