BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
फिचर शिक्षा समाचार समाज सुर्यविनायक नगरपालिका

‘हेडसरको मात्र नेमप्लेट किन ?’

भक्तपुर, १ साउन । अधिकांश सरकारी कार्यालय, निजी कम्पनीहरुका अफिसमा नेमप्लेट सो कार्यालयका प्रमुख र उच्च ओहोदाका व्यक्तिहरुमात्र हुने गर्दछ ।

त्यसबाटै थाहा हुन्छ, सो कार्यालयका प्रमुख को हो भनेर । कतिपय विद्यालयहरुको अवस्था पनि उही नै हो । विद्यालयहरुमा पनि हेडसरको, विद्यालय व्यवस्थापन समितिका प्रमुखको, सहायक प्रधानाध्यापकको नेमप्लेट हुने गर्दछ ।

विद्यालयको असल अभ्यास

‘स्कुल सबैको हो? हेडसरको मात्र हैन, यहाँ पढाउन आउने सबै शिक्षकको हो’, सोही विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले भने, ‘अनि सबैको यो साझा ठाउँमा हेडसरकोमात्र नेमप्लेट हुनुपर्छ र?’,

तर, भक्तपुरको जोरपाटीस्थित जोरपाटी माध्यमिक विद्यालयले भने सबै शिक्षकहरुको नेमप्लेट बनाएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ९ चित्तपोलस्थित सो विद्यालयले सो विद्यालयमा अध्यापनरत सबै शिक्षकहरुको नेमप्लेट बनाएको छ । ती नेमप्लेटहरु ती शिक्षकहरु बस्ने टेबलको माथि राखिएका छन् ।

‘स्कुल सबैको हो? हेडसरको मात्र हैन, यहाँ पढाउन आउने सबै शिक्षकको हो’, सोही विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले भने, ‘अनि सबैको यो साझा ठाउँमा हेडसरकोमात्र नेमप्लेट हुनुपर्छ र?’, भक्तपुर टाइम्सका संवाददाता सो विद्यालय पुगेर प्रधानाध्यापकसँग राखेको जिज्ञासामा उनले प्रतिप्रश्न गर्दै थपे, ‘यस्तो हुँदा कुन शिक्षकको बस्ने टेबल कुन भन्ने पनि थाहा भयो, कुन शिक्षकको नाम के हो ? भन्ने पनि थाहा हुने भयो ।’

बाहिरबाट स्कुलको कामले आउने जोकोहीका लागि पनि सहज होस् भनेर र शिक्षकहरुलाई उत्प्रेरणा दिने उद्देश्यले विद्यालयले अफिस व्यवस्थापन अन्तर्गत उक्त अभ्यास थालेको उनले बताए ।

सोही योजना अन्तर्गत विद्यालयले सो स्कूलमा अध्यापनरत २२ जना शिक्षक र एक जना नर्सको नेमप्लेट बनाएर टेबलमा राखेको छ । उनले सो नेमप्लेटले शिक्षकलाई नजानिँदो तवरले उत्प्रेरित तथा जिम्मेवार बनाउन थप हौसला दिने समेत बताए ।

सो अभ्यासले शिक्षक खोज्न पनि सहज हुने उनको भनाइ छ ।

‘शिक्षकहरुले विद्यार्थीहरुलाई होमवर्क दिनुहुन्छ, कुनै परियोजना कार्य दिनुहुन्छ, ती कार्यहरु लिएर विद्यार्थी शिक्षक खोज्दै आउँदा कहिलेकाहिँ शिक्षक कक्षाकोठा वा अन्यत्र पनि व्यस्त हुन्छन्, यस्तो समयमा सो शिक्षकले दिएको कार्यको कापी वा अन्य केही वस्तु उनको नेमप्लेट भएको ठाउँमा छोड्न पनि विद्यार्थीलाई सजिलो हुने भयो ।’

थप ख़बर

दुवाकाेटमा ४७ जनाले गरे रक्तदान

भक्तपुर टाइम्स

हामी कस्तो मासु खाइरहेका छौं? (फोटो फिचर)

भक्तपुर टाइम्स

भक्तपुरमा एसईईको तयारी पूरा, २३ केन्द्रबाट ५ हजार ९ सय २८ विद्यार्थीले दिँदैछन् परीक्षा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy