BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार समाज

भक्तपुरको नीति तथा कार्यक्रम : देको मिबामा २ आना दुई पैसा जग्गा दिने, नगर प्रहरीको व्यवस्था गर्ने

भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाले देकोमिबा इटापाके जग्गा एकीकरण जग्गा आयोजनाको जग्गा फिर्ता दिने र नगर प्रहरीको व्यवस्था गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० का लागि बनाएको नीति तथा कार्यक्रमले सो व्यवस्था गर्ने भएको हो ।

बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरमा ट्राफिक व्यवस्थापन र नगरका बजार व्यवस्थापनमा सुधार ल्याउनका लागि नगर प्रहरीको व्यवस्था गरिने बताए ।

यसैगरी नगरपालिकाले सञ्चालन गरिरहेको देको–मिवा इटापाके आवास योजनाभित्रका जग्गा क्रमशः फिर्ता गरी आवश्यक भौतिक सुधारका कार्यहरू गर्दै लगिने नीति तय गरेको छ । सो नीति अनुसार न्युनत्तम दुई आना दुई पैसा क्षेत्रफल जग्गा वितरण गर्ने भएको छ ।

यसैगरी नगरपालिकाले विश्व सम्पदा सूचीमा सुचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रहरूमा रात्रीकालीन विशेष बत्तीको व्यवस्था गर्ने र नगरका महत्वपूर्ण क्षेत्रहरूमा सी.सी. क्यामेराको व्यवस्था गर्ने पनि जनाएको छ ।

यसैगरी नगरपालिकाले ख्वप टेलिभिजन सञ्चालनमा ल्याउने,नगरभित्रका व्यवसायीहरूलाई करको दायराभित्र ल्याउने युवाहरूलाई विपद व्यवस्थापनको तालिम दिनेलगायतका नीति बनाएको छ ।

९५ वुंदे नीति तथा कार्यक्रममा वडा समितिले आवश्यकताअनुसार टोल टोलमा समाज सेवा समिति गठन गर्ने पनि उल्लेख छ ।

थप ख़बर

भक्तपुरमा अवैधरुपमा बहुउद्देश्यीय सहकारी सञ्चालन(कुन कुन अवैध?)

भक्तपुर टाइम्स

बिस्का : जात्राका क्रममा ढुंगा हान्नेलाई विशेष निगरानी गरिने

भक्तपुर टाइम्स

भक्तपुरमा चुनाव खर्च विवरण कसले बुझाए? कसले बुझाएनन् ? नामावली

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy