भक्तपुर , ६ जेठ । भक्तपुरका पत्रकारहरूले स्थानीय तहमा जनप्रतिनिधिभन्दा कर्मचारी भ्रष्ट भएकाे बताएका छन् ।
स्थानीय सरकारकाे सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीकाे भूमिका विषयमा भक्तपुरमा भएकाे अन्तरक्रियामा सहभागी पत्रकारहरूले साे बताएका हुन् ।
सहभागी पत्रकारहरूले भक्तपुरको पत्रकारिता दबाब, अभाव र प्रभावबाट गुज्रिन बाध्य भएकाे बताउँदै सुशासन कायम गर्नका लागि आवश्यक खाेजी पत्रकारिताकाे अभाव भएकाे महशुस गरेका छन् ।
कार्यक्रममा पत्रकार रमेश गिरीले स्थानीय तहमा सुशासनको बाधकका रूपमा कर्मचारीहरू नै रहेकाे र जनप्रतिनिधिलाई समेत कर्मचारीले घुमाउने गरेकाे समेत अनुभव सुनाए ।
उनले सुशासनका लागि कर्मचारीलाई प्रशिक्षण दिनुपर्ने जनाए । साेही कार्यक्रममा पत्रकार कृष्ण किसी, कृष्ण नेपाल, पेशल आचार्यले स्थानीय तहमा सुशासनको अभाव रहेकाे उल्लेख गरे ।
अन्तरक्रियाका लागि राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानले सहयाेग गरेकाे थियाे ।
कार्यक्रममा पत्रकार प्रभात चलाउनेले सुशासन प्रवर्द्धनमा पत्रकारको भूमिकाबारे प्रस्तुतिकरण गरेका थिए । तस्बिर : रामगाेपाल तमख
next post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556