भक्तपुर, जेठ ३१ । विश्व रक्तदाता दिवश २०२२ को अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइतीले प्राविधिक सहयोग गरेका छन् ।
रक्तदान कार्यमा एक्येवद्धता जनाऔं जीवन बचाउने बचाउने अभियानमा सहभागी होऔं भन्ने मूल नारा सहित १८ औं विश्व रक्तदाता दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल स्वय्सेवी रक्तदाता समाज भक्तपुर जिल्लाका अध्यक्ष रोशन तुकंबञ्जारले रगतको अभाव हुन नदिन समाजसेवाको पवित्र उद्देश्य भएका व्यक्ति र सामाजिक संघसंस्थाले रेडक्रससँग सहकार्य गरेको बताउँदै हरेक ३/३ महिनामा रक्तदान गर्ने बानीको विकास गरे हरेक संकटको घडीमा रगतको अभाव झेल्नु नपर्ने बताए ।
उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजले सहभागी सबै रक्तदातालाई प्रमाणपत्र वितरण गरेका छन् ।
उक्त कार्यक्रममा ६ जना पुरुष र ७ महिला गरी १३ जनाले रक्तदान गरेका थिए ।