BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर भक्तपुर नगरपालिका शिक्षा समाचार समाज

भक्तपुरको पारागनका विद्यार्थीले क्याप्टेन छान्न खसाले भोट

सत्यराम कासिछ्वा
भक्तपुर, २७ जेठ । भक्तपुरको पारागन एकेडेमी स्कुलमा निर्वाचन भएको छ ।

भक्तपुर कमलविनायक स्थित सो विद्यालयले विद्यार्थीहरुको नेतृत्व क्षमता विकास गराउन र स्थानीय निर्वाचनको प्रक्रिया बारे जानकारी दिन स्कुल क्याप्टेन छनोट गर्न सो निर्वाचन गरेको हो ।

उक्त निर्वाचनमा क्याप्टेनको उम्मेदवारमा २, सहायक क्याप्टेनको उम्मेदवारमा ३, एल्लो हाउसबाट ९, ग्रीन हाउसबाट ९, रेड हाउसबाट १५ तथा ब्लु हाउसबाट ११ गरी जम्मा ४९ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन परिचालन समितिले १ जना स्कुल क्याप्टेन, १ जना सहायक क्याप्टेन प्रत्येक हाउसबाट ३/३ जनाको प्रतिनिधित्व गराउने गरी १४ सदस्यको टीम बनाउने भएको छ ।

निर्वाचनमा विद्यालयका कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुको प्रतिनिधित्व गरी क्याप्टेन, सहायक क्याप्टेन, हाउस क्याप्टेन, हाउस सहायक क्याप्टेन तथा हाउस कोषाध्यक्षको निर्वाचन भएको हो । निर्वाचनमा ५ सय ६६ जना विद्यार्थीहरुले आ-आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

मतदानको व्यवहारिक प्रयोग गरेका उनीहरुले चुनावी प्रक्रिया, उम्मेदवार मनोनयन, दाबी विरोध, उम्मेदवार छनोट प्रक्रिया, मतपत्र र मतदान प्रक्रियामा स्वस्तिक छाप हाल्ने प्रजातान्त्रिक शैलीको ज्ञान दिने विद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक रत्नवीर किसिले उक्त निर्वाचन कार्यक्रमको संयोजन गरेका थिए ।

विद्यालयका प्रिन्सिपल पूण्यराम कवांले आज निर्वाचन परिचालन समिति, पूर्व विद्यार्थी, पर्यवेक्षक तथा शिक्षकहरु बसेर मतगणना गर्ने र आइतबार औपचारिक मत परिणाम घोषणा एवं पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताए ।

उनले विद्यार्थीमा नेतृत्वको क्षमता विकास गर्न प्रत्येक वर्ष गरिरहेको बताउँदै विद्यार्थीहरुमा रहेको समस्यालाई सम्बोधन गर्ने माध्यमको रुपमा सदुपयोग गर्ने बताएका थिए ।

थप ख़बर

काँग्रेसका कारण भक्तपुर जुठो परेको घर भएको छ : बस्नेत

भक्तपुर टाइम्स

देशको लागि आवश्यक दक्ष र योग्य जनशक्ति भक्तपुरमा

भक्तपुर टाइम्स

भक्तपुरको हाेमस्टे बन्याे जुवाकाे अखडा, सूर्यविनायकबाट तीन लाख नगदसहित ७ पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy