सत्यराम कासिछ्वा
भक्तपुर, २२ जेठ । विश्व वातावरण दिवशको अवसरमा भक्तपुर नगरको विभिन्न ठाउँ र वडामा सरसफाइको कामले गति लिएको छ ।
सोही क्रममा भक्तपुर वडा नं. ८ ले पनि ब्रम्हायणी तथा लिवाली आवास क्षेत्रमा पनि सरसफाई र वृक्षरोपण गरेको छ ।
भक्तपुर नगरपालिकाबाट अनार, नास्पाती, कपुर लगायत १० प्रकारका ४० वटा बिरुवा र ३ वटा डस्टबिन भनपा वडा ८ ले सरसफाई र वृक्षरोपणका लागि प्राप्त गरेका हुन् ।
भक्तपुर वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण र स्याहारसुसार एवं हुर्काउन सम्बन्धित टोलबासीकोे सहयोग पुग्ने बताए ।
उनले नगरपालिकाबाट प्राप्त ३ वटा डस्टविन ब्रम्हायणी बसपार्कको लागि मध्य उपत्यका बस व्यवसायी संघका रामप्रसाद धोंजू, रामप्रसाद बाग तथा क्षेत्रीय बस व्यवसायी संघका बलराम श्रेष्ठलाई वितरण गरेका थिए ।
कार्यक्रममा टोलबासीले फोहोर जथाभाबी फाल्नेलाई कारबाहीको माग गरेका छन् ।
सोही अनुसार वडा कार्यालयले सीसी क्यामरा निगरानी सहितको साइन बोर्ड पनि राखेका छन् ।