BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
अपराध मध्यपुर थिमि नगरपालिका समाचार समाज

बैंकिङ कसूर मुद्दामा फरार भक्तपुरका राई पक्राउ

भक्तपुर, २१ जेठ । बैंकिङ कसूर मुद्दामा फरार रहेका भक्तपुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुरर थिमि नगरपालिका वडा नं. ६ बस्ने ईन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका वडा नं. ९ सल्ले ठेगाना भएका तर थिमि बस्दै आएका ५१ वर्षीय उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो ।

राईले २०७७ माघ २४ गते आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी ग्लोवल आईएमई बैंक लिमिटेड भक्तपुर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।

सो विषयमा फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

थप ख़बर

चुनावमा मनी, मसल र मिडियाकाे दुरुपयोग

भक्तपुर टाइम्स

झिनो मत अन्तरका साथ काँग्रेसले चाँगुनारायणमा खोल्यो खाता ,प्यानलै विजयी

भक्तपुर टाइम्स

यसरी पल्टिएको थियो डोलेश्वरमा बस(तस्बिरसहित)

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy