भक्तपुर, २० जेठ । एसईईको नतिजा आगामी असार मसान्तभित्र सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
बोर्डका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डले सो समयलाई लक्षित गरी काम गरिरहेको बताए ।
परीक्षा नियन्त्रक रायमाझीले अहिले उत्तरपुस्तिका परीक्षण गर्ने काम भइरहेको बताए । उनका अनुसार अहिले ‘५० प्रतिशत उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ ।
गत २० वैशाखमा सकिएको परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी थिए ।