भक्तपुर, १९ जेठ । भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी बजेट चाँगुनारायण नगरपालिकाले पाएको छ ।
आर्थिक वर्ष २०७९/८०मा भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले बढी बजेट पाएको हो ।
आगामी आर्थिक वर्षमा चाँँगुनारायण नगरपालिकाले ६६ करोड ७२ लाख रुपैयाँ बजेट पाएको छ ।
सो नगरपालिकाले विशेष अनुदान वापत रु. २ करोड र समपुरक अनुदानपावत ४ करोड प्राप्त गरेको छ ।
भक्तपुर नगरपालिकाले ६३ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ भने मध्यपुर थिमि नगरपालिकाले ५० करोड ३ लाख र सूर्यविनायक नगरपालिकाले ६२ करोड ८५ लाख रुपैयाँ बजेट पाएको छ ।