भक्तपुर, १५ जेठ । भक्तपुरको सूर्यविनायक धुलिखेल सडककाे विस्तार र स्तराेन्नति गरिने भएकाे छ ।
आगामी वर्ष साे काम गरिने भएकाे हाे । आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष २०७९/ ८० मा साे सडकको स्तराेन्नति गरिने बताए ।
उनले भने, ` अरनिको राजमार्गको सूर्यविनायक धूलिखेल सडकको ४ लेनमा विस्तार तथा स्तराेन्नति गर्ने कार्य सुरू गरिनेछ ।´
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भक्तपुरको दधिकाेट र चितवनकाे शारदानगर खानेपानी आयाेजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताए ।
यसैगरी आगामी वर्ष सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्लाई अंग प्रत्यारोपण सम्बन्धि विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको विकास गरिने जानकारी दिए ।