नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिम
भक्तपुर, १५ जेठ । भक्तपुरमा नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिमको आयोजना सम्पन्न भएको छ ।
भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुर जेसिज्, भक्तपुर लेडि जेसिज् र भक्तपुर जुनियर जेसिज् को संयुक्त सहकार्य र एलिभेट एकेडेमीको प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरेका थिए ।
उक्त तालिममा अष्ट्रेलिया, न्यूजिलैण्ड, फिजि तथा पपुवान्युगिनिका लागि नेपालका पूर्व राजदुत श्री महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य श्री देवेन्द्र भक्त श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त तालिममा भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका ४१ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।
सो क्रममा तालिमका प्रशिक्षार्थीहरु श्री सुचिता स्वंगमिखा र श्री सुजेन्द्र मुनंकर्मीले तालिमका बारेमा आफ्नो अनुभव राखेका थिए ।
उक्त तालिममा भक्तपुर जेसिज २०२२ का अध्यक्ष श्री अनुज हाडाले धन्यवाद र कार्यक्रमको संयोजन भक्तपुर नगर चेम्बरका उपाध्यक्ष एवं एलिभेट एकेडेमीका सञ्चालक श्री रश्की सिल्पकारले गरेका थिए ।
सो तालिमका सभापति तथा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर, भक्तपुर नगर चेम्बरका सल्लाहकार श्री विष्णु भक्त मारिखु, भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास श्रेष्ठ र भक्तपुर लेडि जेसिज २०२२ का अध्यक्ष श्री सिरु श्रेष्ठले सहभागिता जनाएका थिए ।