BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राजनीति समाचार समाज

सहकारीको बधाई थाप्दै मेयरले भने: धेरै व्याजको लोभ नगरौं’

भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले धेरै व्याजको लोभमा पैसा जम्मा नगर्न सचेत गराएका छन्।

च्याम्हासिंहको समय बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस र नवनिर्वाचित जनप्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा उनले भक्तपुरमा धेरै गैर समुदायमा आधारित सहकारी खुलेकोले धेरै व्याजको लोभमा पैसा जम्मा नगर्न आग्रह गरे ।

उनले भक्तपुरका नगरपालिकामा दर्ता नै नभएका बहुउद्देश्यीय सहकारी संस्थाहरु खुल्न थालेको बताउँदै ती सहकारीहरुलाई नगरपालिकाले निगरानी गरिरहेको उल्लेख गरे ।

सोही कार्यक्रममा उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको शैक्षिक संस्था देशभर नमूनाको रुपमा अगाडि बढेको बताउँदै सरसफाई तथा सम्पदा पूर्णनिर्माणमा पनि अगाडि बढेको बताए ।

उप प्रमुख रजनी जोशीले २०७४ को घोषणापत्र अनुसार काम गरेकोले अहिलेको निर्वाचनमा अत्यधिक बहुमतले जिताएको बताइन् ।

उनले सहकारी संस्था र नगरपालिका बीच हातेमालो गर्दै नगरबासीको सांस्कृतिक तथा आर्थिक पक्षलाई सबल बनाउनुपर्ने बताइन् ।

नव निर्वाचित वडा नं ८ का कुष्णप्रसाद कोजूले वडाबासीको लागि एम्बुलेन्स झैं सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा ८ वडा निर्वाचन परिचालन समितिका संयोजक महेन्द्र खायमलीले जनताको कार्य गर्दा जनतालाई चित्त नदुखाई सर्वोपरी ठानेर काम गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले मल वितरणमा नगरपालिका भित्रका सहकारीलाई जम्मा ४०० बोरा छुट्याएकोले भक्तपुर नगरपालिकामा सहकारीले मल ल्याउन नसकेको बताए ।

उक्त कार्यक्रममा समय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम सुन्दर बेकोजू, उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा, निवर्तमान अध्यक्ष बाबुकाजी गाइजूले पनि बोलेका थिए ।

थप ख़बर

विश्व फाेटाेग्राफी दिवसकाे अवसरमा भक्तपुरमा फाेटाे प्रतियोगिता

भक्तपुर टाइम्स

भक्तपुरमा नेमकिपा र काँग्रेसलाई दुई–दुई सिट, एमाले र नेकपा(एस) लाई एक–एक सिट

भक्तपुर टाइम्स

भक्तपुर–२ मा काँग्रेसका थापाकै अग्रता

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy