भक्तपुर, ११ जेठ । पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्य वृद्धिको विरोधमा मसाल जुलुस हुने भएको छ ।
एमालेका भातृ संगठन युथ फोर्स तथा अखिल विद्यार्थी संघको संयुक्त आयोजनामा आज साँझ ५ बजेको मसाल जुलुसमा युथ फोर्सको तर्फबाट रबिन थापा तथा अखिल विद्यार्थी संघका पुष्पराज बस्नेतले सम्बोधन गर्ने एमालेका संगठित सदस्य रविन्द्र लाक्षिमस्यूले जानकारी दिएको छ ।
सरकारले गत आइतबार मात्रै पेट्रोल तथा डिजेलमा प्रति लिटर रु.१० र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर रु.२०० बढाएको थियो । एकै हप्ता तीन पटक मूल्य वृद्धि गर्दा जनताले सास्ती व्यहोर्नु परेको छ ।