भक्तपुर, ९ जेठ ।
भक्तपुरमा दुई/तीन भित्र कटुञ्जेको पानी ट्याङ्कीबाट मेलम्चीको पानी वितरण हुने भएको छ ।
भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले केयुकेएलका प्रमुख मिलनकुमार शाक्यसँग खानेपानीको समस्या समाधानका लागि छिटै मेलम्चीको पानी अबको २/३ दिनभित्रै भक्तपुरमा पानीको सहज वितरण गर्न भेटेका थिए ।
उनले हाल भक्तपुरको खानेपानीको समस्या महत्वपूर्ण रुपमा रहेको बताउँदै जनतालाई छिटोभन्दा छिटो र सहज तरिकाले मेलम्चीको पानी वितरणलाई प्राथमिकतामा राख्न जोड दिए ।
केयुकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूकोे खानेपानी व्यवस्थापनमा लिएको चासो प्रति धन्यवाद दिँदै अबको २/३ दिनभित्रै कटुञ्जेको पानी ट्याङ्कीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण गर्न तयारी भइरहेको बताए ।
प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन पानीको स्रोत बढाउने प्रत्यत्न देखि सुन्दरीजलमा थप १० करोड लिटरको ट्याङ्की थप्ने योजना अघि बढेको तथा महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउनसम्म निरन्तर प्रयास भइरहेको बताएका थिए ।
उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐर लगायतको उपस्थिति रहेका छ ।