BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका समाचार

नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुद्वारा पदभार ग्रहण, यस्तो भयो पहिलो निर्णय

भक्तपुर, ५ जेठ । चाँगुनारायण नगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिहरुले बिहीबार सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ बाट सो नगरपालिकाको मेयरमा चुनिएका जीवन खत्री, उपमेयरमा चुनिएका रमेश बुढाथोकी र नौवटै वडाका वडा अइध्क्ष तथा सदस्यहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै मेयर खत्री र उपमेयर बुढाथोकीले एकएक वटा निर्णय गरेका छन् । उनीहरुले २०७९/८० सालको लागि आवश्यक बजेट सीमा निर्धारण समिति र स्थानीय राजस्व परामर्श समितिको बैठक बस्ने गरी पहिलो निर्णय गरेका हुन् ।

ती समितिहरुमध्ये बजेट सीमा निर्धारण समितिको संयोजक नगर प्रमुख हुने र स्थानीय राजस्व परामर्श समितिको संयोजक उपमेयर हुने भएका कारण सोही हैसियतमा निर्णमा दस्तखत गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौंलागाइँले पदभार ग्रहणसँगै मेयर र उपमेयरले एक, एक वटा निर्णयमा सही गरेको जानकारी दिए । उनले स्थानीय सरकार सञ्चालन ऐनको दफा ६५ र ६५ मा सो व्यवस्था भएको पनि बताए ।

उनले ती समितिमध्ये मेयरको संयोजकत्वमा रहेको समितिको बैठक भोलि दिउँसो ४ बजे र उपमेयरको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिको बैठक विहान ९ बजे बस्ने निर्णय भएको बताए ।

थप ख़बर

गठ्ठाघरमा दुर्घटना हुँदा एककाे मृत्यु , एक घाइते

भक्तपुर टाइम्स

जनतालाई भेडा नबन्न सांसद सुवालको आग्रह

भक्तपुर टाइम्स

वडा नं. ९ ताथलीमा अध्यक्ष पदका उम्मेदवार गणेश त्यात काे हुन् ?

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy