भक्तपुर, ३ जेठ । देशभर रासायनिक मलको अभाव भइरहेको छ । यसको प्रत्यक्ष प्रभावमा कृषक परेका छन् । भक्तपुरवासी पनि कृषिका लागि आवश्यक मलको अभाव झेलिरहेका छन् ।
सर्वत्र मलको अभाव भइरहेको बेलामा भक्तपुरका बिहीबार रासायनिक मल वितरण गरिने भएको छ ।
बढ्दो मलको अभावलाई मध्यनजर गरी भक्तपुरको च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रासायनिक मल वितरण गर्ने भएको हो । त्यसका लागि सहकारीले सूचना समेत प्रकाशन गरेको छ ।
सहकारीले जेठ ५ गते बिहीबार सहकारीको कार्यालयबाट विहान ७ बजेदेखि रासायनिक मल वितरण गर्ने भएको हो ।
सहकारीले प्रति व्यक्तिलाई ५ किलो युरिया र ५ किलो डिएपी मल दिने भएको सूचना जारी गरेको छ ।
त्यसका लागि प्रति पाँच किलो युरिया मलको एकसय रुपैयाँ र प्रति ५ किलो डिएपी मलको २५० रुपैयाँ तोकेको छ ।
यस्तो छ सूचना :