BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
घटना चाँगुनारायण नगरपालिका निर्वाचन २०७९- मंसिर ४ राजनीति समाचार

चाँगुनारायणमा भेटियो सही नभएको मतपत्र

भक्तपुर, २ जेठ । भक्तपुरको चाँगुनारायणमा मतदान अधिकृतको सही नै नभएको मतपत्र भेटिएको छ ।

मत गणना जारी रहँदा चाँगुनारायण नगरपालिका वडा नं. ६ को मत गन्ने क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको सही नै नएको मतपत्र भेटिएको हो ।

सही नै नभएको मतपत्र भेटिएपछि मतगणनामा केही समय अवरोध सिर्जना भएको निर्वाचन अधिकृत फन्डेश्वरी घिमिरेले बताइन् ।

‘एउटा मतपत्र मतदान अधिकृतको सही नै नभएको भेटिएको थियो’, उनले भनिन्, ‘सोही कारण मतगणनामा केही समय अवरोध भएको छ ।’

उनले सो विषयलाई अहिले समाधान गरिएको पनि जानकारी दिइन् । दलहरुले सो मतपत्रलाई पनि गणना गर्नुपर्ने माग राखेका थिए । तर, मतदान अधिकृतकै सही नभएको मतपत्र सदर नहुने भएपछि दलहरुले सहमति जनाएको उनको भनाइ छ ।

‘अहिले विवाद सकिएको छ, मतगणना सुचारु भएको छ’, उनले भनिन् । उनले वडा नं. ५ को मत गणना अन्तिम चरणमा पुगेको पनि बताइन् ।

थप ख़बर

बन्द भक्तपुरका इँटा उद्योग सञ्चालनको तयारी हुँदै, नगरपालिका स्वीकृतिको विपक्षमा

भक्तपुर टाइम्स

संस्कृति शिराेमणि जाेशी र संस्कृतिविद् लाकाेजू सम्मानित

भक्तपुर टाइम्स

`काँग्रेसले दुर्लभ थापालाई हराउने जिम्मा मलाई दिएकाे छ´ : महेश बस्नेत

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy