BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर राष्ट्रिय समाचार समाचार समाज

न्यून गुणस्तरको दुग्धजन्य उत्पादन गरेका भक्तपुरका डेरीबिरुद्ध मुद्दा

भक्तपुर, १ जेठ । पछिल्लो समयमा दूषित तथा न्युन गुणस्तरको दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गरेको अभियोगमा भक्तपुरका पाँच डेरी सहित उपत्यकाका १२ डेरीविरुद्ध मुद्दा दायर गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मोर्डन डेरी प्राली, कालिका डेरी प्राली, जगदम्बा डेरी प्राली, भक्तपुर डेरी प्राली, सैंजु डेरी प्रालीसहित राजधानी डेरी प्राली, संयुक्त डेरी एण्ड फुड्स प्राली, काठमाडौं डेरी प्राली, शिवम डेरी प्राली, कन्ट्री फुड्स प्राली, सरस्वति डेरी उद्योग (नवलपरासी) र बालाजी डेरी उद्योग (बिराटनगर) विरुद्ध मुद्धा दायर गरेको हो ।

डीडीसी र निजी क्षेत्रबाट उत्पादन भएका दूध तथा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक भएको अवस्थामा फेला पारेसँगै ती उद्योगविरुद्ध मुद्धा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

विभागले पछिल्लो नौं महिनाको (साउनदेखि चैतसम्म) तथ्याँक सार्वजनिक गर्दै निजी क्षेत्रको उद्योगबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरहिन अवस्थामा फेला परेको जनाएको छ। मानव स्वास्थ्यलाई ठूलो हानी पुर्याउने गरि दूध तथा दुग्धजन्य पदार्थ उत्पादन भइरहेको विभागको ठहर छ ।

थप ख़बर

कटुञ्जेबाट घिमिरे पक्राउ

भक्तपुर टाइम्स

घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका : भक्तपुर

भक्तपुर टाइम्स

बिस्काः जात्राको रथ बनाउन क्रेनको प्रयोग (भिडियो)

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy