भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टी कुनै गठबन्धनमा सहभागी नभएकाे जनाएको छ ।
बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपाेलमा काँग्रेस र नेमकिपाबीच भएकाे गठबन्धनका सन्दर्भमा पार्टीले एक विज्ञप्ति जारी गरि पार्टी कुनै पनि गठबन्धनमा समावेश नभएको स्पष्ट पारेकाे हाे ।
भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गाेसाईंले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अहिलेसम्म कुनै गठबन्धनमा समावेश नभएकाे र गठबन्धनमा जाने पार्टीको नीति नरहेकाे जनाएका छन् ।
विज्ञप्तिमा `वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आजको मितिसम्म कुनैपनि विपक्षी दलसँग सहकार्य या गठबन्धन गर्ने निर्णय या समझदारी नगरेको सबैमा जानकारी गराउँछौं । त्यस प्रकृतिको निर्णय गर्ने अधिकार कुनै समिति र व्यक्तिलाई प्रत्यायोजन नगरिएको र यदि कहीं कतै कसैले त्यस्तो कार्यमा मौखिक या लिखित समझदारी जनाएको भए आधिकारिक नहुने समेत अनुरोध गर्दछौँ ।´ भनिएकाे छ ।
विज्ञप्तिमा थप भनिएकाे छ, `देश दुई विचारमा विभाजित छ – देशघाती एमसीसी पक्षधर एमसीसीविरोधी देशभक्त तथा प्रगतिशील पक्ष । देशघाती एमसीसीका पक्षधरहरूसँग निर्वाचनमा कुनैपनि समझदारी कायम नगर्ने नेमकिपाको केन्द्रीय नीति नै रहेको पुनः स्मरण गराउँदछौं ।´
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556