भक्तपुर, २६ वैशाख । नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका श्रीकण्ठ खड्काले नेमकिपाले सौडोल केन्द्रीत विकास गरेको बताएका छन् ।
आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत पार्टीले ताथलीमा गरेको घरदैलो कार्यक्रमका क्रममा आयोजित सभाा उनले सो बताएका हुन् ।
उनले ताथलीका समग्र ठाउँमा विकास गर्नुपर्नेमा सौडोलमा मात्र विकास निर्माणको काम अघि बढाएको बताए ।
सोही क्रममा उनले नेमकिपाका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गणेश त्यातले झुटको खेती गरेको बताउँदै नगरपालिकाले गरेको विकासलाई चुनावी मसला बनाएको समेत बताए ।