BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका निर्वाचन २०७९- मंसिर ४ राजनीति समाचार सुर्यविनायक नगरपालिका

निर्वाचन जित्न भक्तपुरमा राहतको नाममा ‘कम्बल र थरमस’

भक्तपुर, २० वैशाख । भक्तपुरमा निर्वाचनको मुखमा कम्बल र थरमस बाँडिएको खुलेको छ।

आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि भक्तपुरका केही दलहरूले कम्बल र थरमस बाँडेको खुलेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचनमा भक्तपुरका मतदातालाई प्रभावित बनाई मत आफ्नो पक्षमा पार्न केही दलले राहत सामग्रीको नाममा ती सामग्री बाँडेको जानकारी दिइन् ।

उनले भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडाहरूमा ती सामग्री वितरण गर्न लागेको आफूले जानकारी पाएपछि ती सामग्री वितरण रोकेको बताइन् ।

‘केही दलबाट वडाध्यक्षका उम्मेदवारले कम्बल र थरमस बाँड्न लागेको जानकारी आएसँगै रोकेका छौं’ , उनले भनिन् । उनले सो वडा र वडाध्यक्ष भने खुलाइनन् ।

स्रोतका अनुसार प्रशासन कार्यालय भक्तपुरले ती सामग्री रोके पनि तिनीहरूले ती सामग्री वितरण गरिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिहरुले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका कामहरु भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले जिल्लामा हालसम्म १८ ठाउँमा आचारसंहिता उल्लङ्घन भएको जानकारी र तथ्यांक रहेको जानकारी दिए । उनले एउटै पार्टीबाट संहिता उल्लङ्घन भएको बताउँदै भक्तपुरका ६ वटा मुख्य पार्टीहरु नै आचारसंहिता उल्लङ्घनका कारक रहेको बताए ।

उनले दल तथा दलका नेता र उम्मेदवारहरुमा प्रशासन, र प्रहरीलाई अटेर गर्ने प्रवृत्ति हावी हुँदा समस्या आएको बताए ।

उनले पार्टीकै तर्फबाट गाडीमा झन्डा हाल्ने, ठूलो ब्यानर बनाउने र सामान बितरण गर्ने गरिएको बताए ।

थप ख़बर

भक्तपुरमा माघे झरी, किसान खुसी, इँटा उद्योगीहरु दुःखी

भक्तपुर टाइम्स

भक्तपुरमा बढ्दै कुरिलाे खेती, वार्षिक २० लाख बचत गर्दै किसान

भक्तपुर टाइम्स

हनी ट्रयापिङ गिरोहमा भक्तपुरका पनि सहभागी : ६ जना परे पक्राउ

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy