BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ भक्तपुर राजनीति समाचार

भक्तपुरका स्वतन्त्र उम्मेदवारको २२ वुंदे प्रतिवद्धता पत्र: पत्याउला भक्तपुरवासीले ?

भक्तपुर,१८ बैशाख । भक्तपु्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

भक्तपुर नगरपालिकादेखि असन्तुष्ट देकोमिवा इतापाके जग्गा एकिकरण आयोजना पीिडतको तर्फबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

२२ वुंदे सो प्रतिवद्धता पत्रमा भक्तपुर नगरपालिकाका विभिन्न समस्या समाधान गर्ने उपायदेखि आफूले विजयी हासिल गरेको खण्डमा गर्ने कामहरुको विवरण समावेश छ ।

‘मजदुर किसानको उठिबास रोकौं, एकदलीय तानाशाहीको विकल्प रोजों’ भन्ने नारा तय गरेर उनीहरुले भक्तपुर नगरपालिकाको मेयर पदमा सत्य त्वायना, वडा नं. २ मा संचज्ञान याकामी र वडा नं. ६ मा रामप्रसाद कुम्पाखले उम्मेदवारी दर्ता गराएका थिए ।

उनीहरुले आफ्नो प्रतिवद्धता पत्रमा भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको देकोमिबा इतपाके जग्गा एकीकरण आयोजनाबाट आफहरु पीडित रहेको र पीडितको पीडा सुनुवाइ नगरेको स्पष्ट पार्दै स्वतन्त्र उम्मेदवारी दिनुको कारण पनि भक्तपुर नगरपालिकाका नै रहेको जनाएका छन् ।

प्रतिवद्धता पत्रमा सुरुमै भक्तपुरको खानेपानी समस्या समाधान गर्ने वुंदा उल्लेख गरेको छ । ‘खानेपानी तत्कालका लागि २ महिनाभित्र डिपबोरिङमार्फत् सुनिश्चित गर्ने र अन्य नगरपालिका, मेलम्ची खानेपानीसँग सम्न्वय गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने’ उल्लेख छ ।

यसैगरी उनीहरुले भूकम्पले क्षतिग्रस्त घर तथा भवनबारे चर्चा गरेका छन् । उनीहरुले भक्तपुर नगरपालिकामा हुँदै आएको नक्सा पासमा हुने गरेको ढिलाइलाई पनि सम्बोधन गरेका छन् ।

जग्गा एकीकरण आयोजनाले ‘अनियमित तवर’बाट जनताको जग्गा कटौती गरिएकामा असन्तुष्टि पोख्दै मेयर तथा दुई वटा वडामा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुको प्रतिबद्धता पत्रमा नगरका बाँकी जग्गामा नमुना कृषिभूमि र कृषकलाई आवश्यक अनुदान दिने, विदेशी पर्यटकहरुको बसाई लम्ब्याउने नीति लगायत शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम संचालन एवं देकोमिवा इतापाके जग्गा एकिकरण आयोजना २ वर्षभित्र टुंग्याउने बुँदा उल्लेख गरेका छन् ।

भक्तपुरको जल्दोबल्दो विषयबारे उल्लेख गरेर सार्वजनिक गरेको प्रतिवद्धताप्रति जनताले कति न्याय गर्ला, त्यो भने आउँदो ३० गतको निर्वाचनले नै थाहा लाग्नेछ ।

थप ख़बर

मनमोहक मेलुङ

भक्तपुर टाइम्स

सूर्यविनायकले घरेलु संघसँग सहकार्य गर्ने

भक्तपुर टाइम्स

भक्तपुर नगरपालिकाले बनायाे फाेहाेरबाट मल

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy