BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ भक्तपुर राजनीति समाचार

भक्तपुरका ७९ जनाले लिए उम्मेदवारी फिर्ता, क-कसले कहाँ लिए ?(विवरणसहित)

भक्तपुर, १८ वैशाख । भक्तपुरको ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरका चार नगरपालिकामा विभिन्न राजनीतिक दलको प्रतिनीधित्व गर्दै र स्वतन्त्र उम्मेदवारी दिएकामध्ये ७९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकामा उम्मेदवारी दिएका मध्ये २२ जनाले उम्मेदवारी फिर्ता लिएको बताए ।

त्यसरी फिर्ता लिेनमा नगर प्रमुखका उम्मेदवार २, उपप्रमुख १, वडाध्यक्ष ८, वडासदस्य ९ र महिला सदस्य २ जना रहेका छन् ।

त्यस्तै भक्तपुर नगरपालिकामा उम्मेदवारी दिएकामध्ये १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिएकामध्ये ७ वडा अध्यक्ष र ८ वडा सदस्य रहेका छन् ।

यता मध्यपुरथिमि नगरपालिकामा नगर प्रमुख १, उपप्रमुख २, वडा अध्यक्ष १३, वडा सदस्य ४ र महिला सदस्य २ जना गरि २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा २, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य ५, महिला सदस्य, १ र दलित महिला सदस्य १ गरि २० जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

थप ख़बर

वडा रत्न पदकबाट ताथलीका १० जना सम्मानित

भक्तपुर टाइम्स

निर्णय भएको ५० औं दिनमा सूचना : ३५ दिनभित्र पर्ती अतिक्रमण नरोके कारबाही गर्ने चेतावनी

भक्तपुर टाइम्स

छालिङमा दिउँसै ताला फुटाइ ११ लाख बराबरको गहना चोरी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy