BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ भक्तपुर भक्तपुर नगरपालिका राजनीति

भक्तपुरमा काँग्रेस, एमाले, माओवादी र नेकपा(एस) का उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता : भने, ‘इच्छा भएन’

भक्तपुर, १७ वैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लािग भक्तपुर नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सो नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएर उम्मेदवारी फिर्ता लिनेको संख्या १५ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसरी उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारमात्र नभएर नेपाली काँग्रेस, एमाले, माओवादीका उम्मेदवारहरु समेत रहेका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा भक्तपुर नगरपालिका वडा नं. १ को महिला सदस्यमा नेकपा(एमाले)को तर्फबाट उम्मेदवारी दिएकी प्राणमाया कोजू र नेकपा(माओवादी केन्द्र) की रोजीना सिन्ताकल रहेकी छन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा नं.२ मा वडा अध्यक्षको उम्मेदवार बनेका जीवन ज्याख्व र माओवादी केन्द्रका लक्ष्मीसुन्दर त्वाती, वडा नंं ३ मा नेकपा(एकीकृत समाजवादी)को तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका रमेश बल्लले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

यता वडा नं. ४ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिइका विनोद प्रजापति, वडा नंं ५ मा एमालेको तर्फबाट उम्मेदवारी दिका राजेशपति राज शर्मा, माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका विष्णुहरि न्हिसुतु र नेकपा(एस) को तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र सुवालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै वडा नं. ५ को महिला सदस्यमा नेकपा(माओवादी केन्द्र) को तर्फबाट उम्मेदवारी दिएकी वीना मूलले पनि उम्मेदवारी फिर्ता गरेकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता गर्नेहरुमा वडा नं. १ मै एमालेका तर्फबाट वडा सदस्य पदमा उम्मेदवार बनेका कान्छाकाजी खत्री, सगुन शिल्पकार, नेपाली काँग्रेसका दामोदर शिल्पकार र माओवादी केन्द्रका आसिक पाती रहेका छन् । त्यसैगरी वडा नं. ५ मा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका मनोजकुमार दुवालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिएका उम्मेदवाहरुले अरु कुनै कारण नभएर सो पदमा आफनो उम्मेदवरी इच्छा नभएको खुलाएका छन् ।

‘भक्तपुर नगरपालिकामा विभिन्न तह र पदमा उम्मेदवारी दिएर नि उम्मेदवारी फिर्ता लिएकाले सो पदमा आफनो इच्छा भएन, त्यही भएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।’ एक अधिकृतले भने ।

थप ख़बर

भक्तपुरका प्रअको दुःख : स्थानीयले हामीलाई विश्वासै गरेन

भक्तपुर टाइम्स

छालिङमा नेमकिपालाई कसले गर्‍यो छल ?

भक्तपुर टाइम्स

नगर सभामा अध्यक्ष बिजुक्छेँकाे राजनीतिक प्रशिक्षण : जनतालाई मूर्ख बनाइरहेकाे आराेप

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy