सत्यराम कासिछ्वा
भक्तपुर, १५ बैशाख । देशभर जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को अनुगमन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझी र शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख रमेश प्रसाद मैनालीको टोलीले आज परीक्षाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा टोली भक्तपुरको वागीश्वरी माविमा पुगेको सो विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष कृष्णप्रसाद धन्छाले बताए ।
भक्तपुरका २३ वटा परीक्षा केन्द्रमध्ये वागीश्वरी माविमा २ वटा सार्वजनिक र ८ वटा संस्थागत विद्यालयका २५३ जना मध्ये २५१ जनाले मात्रै नियमित रुपमा परीक्षा दिएको र बाँकी २ जना विद्यार्थी परीक्षाको सुरुदेखि नै गयल भएको केन्द्राध्यक्ष एवं प्रधानाध्यापक धन्छाले जानकारी दिए ।
केन्द्राध्यक्ष धन्छाले आफ्नो केन्द्रमा पञ्चकन्या माविको २७ र देवी माविको ५३ जना विद्यार्थी गरि सार्वजनिक माविका ८० जना विद्यार्थी तथा ८ वटा संस्थागत विद्यालयको १७१ विद्यार्थीले परीक्षा दिइरहेको बताए ।
गत बैशाख ९ गतेदेखि अनिवार्य अंग्रेजी विषयबाट सुरू भएको एसईई परीक्षा आज अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय लगायत पर्सि शनिबा्सम्मको परीक्षा सम्पन्न गर्न केन्द्राध्यक्ष धन्छाले आफ्नो परीक्षा केन्द्रमा उकेश सुवाल र ज्ञानेन्द्र श्रेष्ठ २ जना शिक्षकलाई सहायक केन्द्राध्यक्षको रुपमा शिक्षा विकास तथा समन्वय इकाईले नियुक्ति गरेको बताए ।
केन्द्राध्यक्ष धन्छाद्वारा प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयले लिइसकेपछि मात्रै एसईईको प्रवेशपत्र वितरण भएको र पर्सि शनिबार ऐच्छिक द्वितीयको परीक्षासँगै यस वर्षको एसईई परीक्षा सम्पन्न हुने बताए ।