भक्तपुर, १२ बैशाख । मध्यपुर थिमि नगरपालिकाको मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकामा बहुमतसहित जित्नका लागि उम्मेदवारी दिएको बताएका छन् ।
सोमबार मेयर पदमा उम्मेदवारी द्यिएका पूर्व मेयर श्रेष्ठले सो बताएका हुन् ।
उनले आफू र आफ्नो पार्टीलाई जनताले विश्वास गर्ने उल्लेख गर्दै उनले मध्यपुर थिमिमा विगतमा सुरु भएका विकास निर्माणका कामलाई टुंगो लगाउने समेत बताए । उनले विगत पाँच वर्षको अवधिमा ८० प्रतिशतको काम भएको र २० प्रतिशत बाँकी भएको जनाउँदै त्यो विकास निर्माण सम्पन्न गर्नका लागि एक कार्यकाल नपुगेकाले आफूले दोहोर्याएको बताए ।
उनले समृद्ध मध्यपुर र सुखी मध्यपुरबासीको नारालाई सार्थक बनाउने र गन्तव्य मध्यपुरको अभियानलाई समेत पूर्ण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको जनाए ।