भक्तपुर, १२ बैशाख । सूर्यविनायक नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले मेयर, उपमेयर र वडाध्यक्षसहितको उम्मेदवारी दिएको छ ।
आगामी ३० गते हुने स्थानयि तहको निर्वाचनका लागि पार्र्टीको तर्फबाट नगरप्रमुखमा श्याम बिसुंके र उपप्रमुखमा चनमति खुलीमुलीको नाम दर्ता गरिएको छ ।
यसैगरी सूर्यविनायक नगरपालिका वडा नं. ९ मा बाबुकाजी कासुलालाई वडाध्यक्षमा उम्मेदवार बनाइएको छ ।