BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका निर्वाचन २०७९- मंसिर ४ फिचर राजनीति समाज

चाँगुनारायणकी निर्वाचन अधिकृतको गुनासो : ‘ठूला दलले त्यसो नगरेको भए हुन्थ्यो’

भक्तपुर, ११ बैशाख । आगामी ३० गत हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय तोकेको थियो ।

निर्वाचन आयोगले यसअघि नै ११ बैशाख र १२ बैशाखमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय तोकेको थियो । सोही अनुसार चाँगुनारायण नगरपालिकामा पनि स्थापना गरिएको केन्द्रमा आइतबार जम्मा दुई पार्टी र एक उम्मेदवारले मनोनयन दर्ता गरे ।

दलहरु समयमै आउँछन्, पालो मिलाएर आउँछन् भन्ने मनसाय राखेर सो कार्यालयका प्रमुख निर्वाचन अधिकृत फनेश्वरी घिमिरे उनको टोली विहान १० बजे नै कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर आवश्यक तयारी गरिरहेका थिए ।

त्यही क्रममा साढे १० बजे मौलिक जरोकिलो पार्टी मनोनयन गर्दाका लागि आए । सो पार्टीले मेयर पदमा कृष्णहरि थापा र उपमेयरमा निरु न्यौपानेले उम्मेदवारी दर्ता गराएर फर्किए ।

मौलिक जरोकिलो पार्टीले सुरु गरेको उम्मेदवारी दर्तापछि अरु दलहरु प्नि आउँछन् भन्ने मनसायले कार्यालयका कर्मचारीहरु कुरिरहेका थिए ।

उनीहरुको आश थियो, ठूला दलहरुले समयमै मनोनयन दर्ता गराउनेछ । तर घडीले ५ बजाउँदा पनि कुनै ठूला दलको मनोनयन नभएपछि आइतबारको समय तिनीहरुले बाटो हेरेरै बिताए ।

त्यो बीचमा चाँगुनारायण नगरपालिका वडा नं. २ का लागि पारस कार्कीले स्वतन्त्र उम्मेदवारी दिए भने आमूल परिवर्तन मसिह पार्टीले मेयरमा सुरेन्द्र परियार र ६ नंं वडाको वडाध्यक्षका लागि रविन तामाङको मनोनयन दर्ता गराए ।

दिनभरमा जम्मा त्यति वा भनौं आशातित उपलब्धि नभएपछि मतदान अधिकृतमात्र नभएर प्रमुख मतदान अधिकृत घिमिरेले समेत दिक्क मानिन् । अनि गुनासो गरिन्, ‘देशलाई नै लिडिङ गर्ने ठूला राजनीतिक दलले यति ढिलो निर्णय गर्नु राम्रो होइन, जहिले पनि लाष्ट आवरमा निर्णय गर्ने चलन देखिएको छ ।’

उनले त्यो गुनासो गर्नुको कारण पनि छ, किनभने मनोनयन दर्ताको पूर्व सन्ध्यामा चाँगुनारायणका सबै दलहरुलाई समेटेर सर्वदलीय बैठक भएको थियो । बैठकमा सहभागी दलहरुले पालैपालो मनोनयन दर्ता, त्यो पनि समयमै गर्ने भनेका थिए, तर त्यसको कार्यान्वयन आइतबार भएन । त्यही कारण पनि उनले दुखसो पोखेकी हुन् ।

‘हामीले बैठकमा माइन्यूटिङ नै गरेको थियौं, समयमै आउने कुरा थियो, तर त्यसलाई तिनीहरुले फलो गरेनन्, त्यसो नगरेको भए हुन्थ्यो ।’

उनले आइतबार सोचे अनुसार दलहरुले मनोनयन दर्ता नगर्दा त्यसको चाप सोमबार पर्ने समेत बताइन् । त्यसले वातावरण केही असहज हुने समेत उनले अनुमान लगाइन् ।

थप ख़बर

मेटिइँदै सिद्धपाेखरीकाे प्राचिन अभिलेख

भक्तपुर टाइम्स

बैंकिङ कसूर मुद्दाका फरार श्रेष्ठ भक्तपुरबाट पक्राउ

भक्तपुर टाइम्स

नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण : देश र जनतामा समर्पित हुने

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy