BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
समाचार समाज सुर्यविनायक नगरपालिका

पाथीभरा एकेडेमीमा अभिभावक–शिक्षक छ्लफल

भक्तपुर, ११ बेशाख । सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी विद्यालयले हाल कक्षा ५, ६ र ७ मा अध्ययनरत नानीबाबुहरुका अभिभावक र शिक्षकबीच छलफल कार्यक्रम गरेको छ।

छलफलमा विद्यालयका सस्थापक प्रीन्सिपल रमेश प्रसाद सिटौलाले अभिभावक– शिक्षकहरुलाई स्वागत गर्दै विद्यालयको नयाँ शैक्षिक सत्रको वार्षिक कार्ययोजना प्रस्तुत गरे भने विद्यालय निर्देशक हेमन्त सिटौलाले विद्यालयले विद्यार्थीहरुको पढाइको साथै चौतर्फी विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उल्लेखनीय अभिभावकको उपस्थिति रहेको अभिभावक छलफलमा अभिभावकहरुले अन्य विद्यालयको तुलनामा पाथीभरा एकेडेमी विद्यालयले गुणस्तरीय र राम्रो हेरचाह विद्यालयले दिइरहेकोकोमा यसलाई अझ बढी सशक्तताको साथ विद्यालयले राम्रो गर्नमा सल्लाह र सुझाव दिनुका साथै कक्षा थप गर्दै कक्षा १२ सम्म कक्षा संचालन गर्न माग गरेका थिए ।

विद्यालय शैक्षिक संयोजक सर्मिला प्रधानाङ र इन्चार्ज कल्पना ओलिले आजको युगको समय–सान्दर्भिक शिक्षालगायत अन्य क्रियाकलापलाई विशेष ध्यान दिने र अभिभावकको सल्लाहलार्इ स्वागत गर्ने जानकारी गराएका थिए ।

थप ख़बर

कविता प्रतियोगितामा गणेश र ज्याेति मावि उत्कृष्ट

भक्तपुर टाइम्स

आज अष्टमी : शक्तिपीठहरुमा बिहानैदेखि घुइँचो

भक्तपुर टाइम्स

अक्स्फोर्डमा जलवायु परिवर्तनबारे प्यानल छलफल

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy