BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ भक्तपुर नगरपालिका शिक्षा समाचार

सरकारको कारण हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौं: मेयर प्रजापति

भक्तपुर, ९ बैशाख । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले चाहेर पनि ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् ।

शुक्रबार नगरबासीको नाममा सम्बोधन गर्दै उनले २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गरेका बाचाहरुमध्ये ख्वप विश्वविद्यालयको वाचा पूरा गर्न नसकेको बताएका हुन् ।

नगरबासीलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन घोषणापत्रअनुसार हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौँ ।’

उनले त्यसका लागि नगरपालिकाले निरन्तर प्रयास गरे पनि संघीय सरकारको कारण सो प्रयास सफल हुन नसकेको बताए । ‘उक्त कामको लागि निरन्तर प्रयास गर्यौँ तर सङ्घीय सरकारले प्रतिनिधि सभामा ख्वप विश्वविद्यालय विधेयक प्रस्तुत गरी नदिएको कारण भक्तपुरका जनताको त्यो चाहना हाम्रो कार्यकालमा पूरा हुन पाएन’, उनले भने, ‘मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने हाम्रो उद्देश्य थियो । हामीले यसलाई निरन्तर जोड दिइरहेका छौँ।’

उनले त्यसका अलावा दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन (लाल बैठकसहित) पुनःनिर्माणको क्रममा राणाकालीन शैलीमा निर्माण गर्ने वा मल्लकालीन भन्नेमा केही समस्या देखिएकोमा पछि मल्लकालीन शैलीमा निर्माण गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र भक्तपुर नगरापलिकाबीच सहमति भए पनि युनेस्कोको अनुमति लिनुपर्ने जस्ता प्राविधिक कारणले पूरा हुन नसकेको बताए ।

यसैगरी उनले सरकारले पटक पटक आश्वासन दिएर पनि आवश्यक बजेट व्यवस्थापन गरी नदिएको हुँदा भनपा–६ मा अरनिको सभा भवन निर्माण गर्ने हाम्रो योजना अधुरो रहेको बताए ।

थप ख़बर

भक्तपुर जिल्ला अदालतका शाखा अधिकारीले मापसे गरि आएपछि …

भक्तपुर टाइम्स

भक्तपुरको अक्सफोर्ड स्कुलमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

भक्तपुर टाइम्स

खेतबारीलाई आवास क्षेत्र बनाउने प्रतिस्पर्धा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy