भक्तपुर, ८ बैशाख । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भोलि नगरबासीको नाममा सम्बोधन गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ नजिकिरहेको बेलामा नगर प्रमुख प्रजापतिले भोलि नगरबासीको नाममा सम्बोधन गर्ने भएको हो ।
नगरपालिकाका सूचना अधिृकत भूपाल मूलले नगर प्रमुख प्रजापतिले विगत पाँच वर्षमा गरेका कामहरुबारे जानकारी दिनका लागि सो कार्यक्रम तय गरेको जानकारी दिए ।
नगरप्रमुख प्रजापतिले नगरबासीको नाममा सम्बोधन गरी यही बैशाख ३० गते हुने निर्वाचनमा पुनः मेयरमा दोहोर्याउने संकेत मिलेको नगरबासीहरुमा चर्चा छ । निर्वाचन नजिकिँदै गर्दा नेपाल मजदुर किसान पार्टीको तर्फबाट कसले मेयरको टिकट पाउँछ ? भन्ने खुलस्त जानकारी नआएको बेला उनको सम्बोधनलाई विशेष रुपमा हेरिएको छ ।
भक्तपुर नगरको नगर प्रमुखमा उनैले दोहोर्याउने सम्भावना ज्यादा रहेको नगरबासीको आंकलन समेत रहेको छ । यद्यपि मनोनयन दर्तापछि मात्र सो विषयबारे टुंगो लाग्नेछ ।
अहिले पार्टीमा कसलाई मेयर, कसलाई उपमेयर र कसलाई वडा अध्यक्ष र वडा सदस्य दिने भन्ने टोलटोलमा छलफल चलिरहेको पार्टी स्रोतले जनाएको छ ।