भक्तपुर, ८ बैशाख । भक्तपुरको उत्तर पूर्वी भेगका विद्यार्थी र अभिभावकको मन जितिरहेको क्वालिटी ईङ्लिस सेकेन्डरी स्कुल नयाँ ढंगबाट अघि बढ्दै छ ।
गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि आफ्नो विशेष पहिचान बनाइरहेको सो विद्यालयले शैक्षिक शत्र २०७९ देखि विद्यालयको पूर्व प्राथमिक तहका कक्षा (पिजि), नर्सरी, एलकेजी र यु।केजीमा मन्टेश्वरी विधि लागू गर्ने भएको हो ।
सो कक्षाहरुमा मन्टेश्वरीमा आधारित सिकाई गरिने र यस कार्यका लागि तीन बर्षसम्म फिनिक्स मन्टेश्वरी ट्रेनिङ इन्स्टिच्युटसँग सहकार्य गरिएको बिद्यालयका प्रिन्सिपल जीबी खड्काले बताए।
त्यसका लागि विद्यालयले बिहीबार अभिभावक भेला गरी अभिभावकहरुसँग् अन्तरक्रिया समेत गरेको छ । करिब ६० जना अभिभावक र १५ जना शिक्षक सम्मिलित उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सहजीकरण तथा प्रस्तुतिकरण फिनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टरका प्रशिक्षकद्वय रीता आचार्य र रीता घिमिरेले गरेकी थिइन् ।
परिवर्तित समयमा अभिभावक तथा सम्पूर्ण व्क्तिहरुको मन्टेश्वरीमा आधारित सिकाई प्रतिको मागलाई सम्बोधन गर्दै विद्यालयले मन्टेश्वरीमा आधारित सिकाइलाई जोड दिएको हो ।