भक्तपुर, ७ बैशाख । नेकपा(एकीकृत समाजवादी)ले भक्तपुरका कुनै पनि वडामा नेकपा(एमाले) का उम्मेदवारलाई जित्न नदिने भएको छ ।
एमालेबाट फुटेर नेकपा(एस) भक्तपुर जिल्ला समितिले भक्तपुरका चारवटा नगरका कुनै पनि वडामा एमालेका प्रतिनीधिलाई जित्न नदिने रणनीति बनाएको हो ।
नेकपा(एस) का जिल्ला अध्यक्ष श्याम बस्नेतले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमा एमालेलाई हराउन आफूहरु लागेको खुलासा गर्दै भने, ‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो प्रण छ’, उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छों । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्ेकला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’
उनले थपे, ‘कुनै ठाउँमा एमाले पार्टीका उम्मेदवार जित्ने छैन, मैले यो घोषणा गरेँ ।’
उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे ।