BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
राजनीति समाचार समाज साहित्य

आफ्नो मौलिकता हराउँदै गएकोमा नेवाः समुदायको चिन्ता

भक्तपुर, ४ बैशाख । भक्तपुरमा भेला भएका नेवाःहरुले आफ्नो मोलिक पहिचान हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

क्तपुरमा नेवाः देय् दबुका नवनिर्वाचित पदाधिकारीलाई लसहना व सहलह कार्यक्रममा सहभागी नेवाः समुदायका प्रतिनीधिहरुले नेवाः समुदायमा हराउँदै गएको भाषा, संस्कृति, चालचलनबारे चिन्ता व्यक्त गरेका हुन् ।

बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरको आयोजनामा भएको कार्यक्रममो नेवाः देय् दबुका नवनिर्वाचित अध्यक्ष पबित्र बज्राचयले नेवाः समुदायका लागि नेवाः भाषा प्रशिक्षण आवश्यक देखिएको बताए। उनले नेवाः समुदायले मनाउँदै आएको चाडपर्व, जात्रा, संस्कृति, भेषभुषासम्बन्धि सबैले आफ्ना वालबचाहरुलाई सिकाउँदै लानु पर्नेमा जोड दिए।

देय् दबु कुनै राजनितिक थलो नभई बिशुद्ध नेवाः समुदायको उत्थानको लागि स्थापना गरिएको संस्था भएको बताउँदै उनले कुनै संकोचित भावना नराखी सबैले नेवाः मौलिकता बचाई राख्न अग्रसर हुन आग्रह गरे।

कार्यक्रममा नेवाः देय् दबुका नवनिर्वाति महिला उपाध्यक्ष रस्मिला प्रजापतिले दबुले नेबाः समुदायको उत्थानका लागि गर्नु पर्ने कामहरु आफुहरुले सबैको सरसलाह लिई सोही अनुसार अघि बढ्ने बताइन् ।

कार्यक्रममा भक्तपुर जिल्लाका बिभिन्न नेवा समुदायको संघ संस्थाहरुका प्रतिनिधिहरु करिव ३५ जनाको उपस्थिति रहेको कार्यक्रममा उपस्थित बुद्धिजीवी समाज सेवीहरुले नेवाः समुदायमा आफ्नो मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

थप ख़बर

भक्तपुर क्षेत्र नं.१ मा चुनावी प्रतिस्पर्धा : यस्तो छ अवस्था नेमकिपा, गठबन्धन र एमालेसहित १४ जना मैदानमा

भक्तपुर टाइम्स

यस्तो देखियो भक्तपुरमा द्यो सगुन वियगु जात्रा

भक्तपुर टाइम्स

घरको जग खन्ने क्रममा भक्तपुरमा पुरिए एक जना

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy