BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका भक्तपुर समाचार समाज

छिया छिया छालिङ सडकः सडकमा दारा निस्कँदा न वडाध्यक्षले हेरे, न त मेयरले !

भक्तपुर, ४ बैशाख । भक्तपुरको छालिङको मुख्य सडकको रूपमा रहेको सडक बेहाल बनेको छ । सडक बेहाल बन्दा पनि सडक बनाउन कुनै पनि जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयले बताएका छन् ।

खरिपाटी ब्यारेकदेखि गुडी मोड हुँदै चाँगुनारायण नगरपालिका वडा नं ५ को वडा कार्यालय जाने सडकको ठाउँठाउँमा खाल्डाखुल्डी परेको वर्षौं बितिसक्दा पनि सडक स्तरोन्नतिका लागि पहल नगरेको स्थानीयले बताए ।

सो सडक अन्तरगत गुडी मोडको उकालो छियाछिया भएको छ । सडक छियाछिया हुँदा आवतजावतमा समस्या भएको छ । सवारी साधनका लागि समेत समस्या भएको छ । सडकमा गरिएको ढलान उक्किएको छ ।

‘सडकको पीच उप्किएको वर्षौं भइसकेको छ, ढलान फुटेको छ, ढलान फुटेर डन्डी निस्केको छ, सडकको दारा निस्केको छ’, स्थानीय हरि फोँजूले भने, ‘यसले गर्दा आवतजावतमा समस्या भएको छ, दुर्घटना होला कि भन्ने भएको छ।’

उनले सडकको उकालो र त्यसमाथि मोड हुँदा त्यत्तिकै जोखिम भएकोमा बिग्रेको सडकले अझ जोखिम थपिएको बताए ।

अर्का स्थानीय चन्द्रलक्ष्मी थापाले सडक बनाउन वडाध्यक्ष र मेयरले समेत वास्ता नगरेको बताइन् । उनले वर्षौंदेखि समस्या भोग्दै आउँदा पनि सडक बनाउन जनप्रतिनिधिले बेवास्ता गर्दा सडक बेवारिसे बनेको बताइन् । ‘अब चुनाव आएको छ, चुनावमा नेताहरू यो सडक बनाउँछौं भनेर भोट माग्न आउँछन्, तर बनाउँदैनन्, हामीलाई झुक्याउने मात्र काम गरेका छन् ।’

सडक बनाउनका लागि वडाबासीले वडाध्क्षको पटकपटक ध्यानाकर्षण गरे पनि ध्यान नदिएको स्थानीयले बताए । सोबारे बुझ्न वडाध्यक्ष जयन्द्र खड्कालाई सम्पर्क गर्दा उनले फोन उठाएका छैनन् भने मेयर सोमप्रसाद मिश्र सोबारेमा बेखबर छन् । उनको मोबाइल अफ छ ।

थप ख़बर

रोकिएन टिपर आतङ्क: एकको मृत्यु , एक घाइते

भक्तपुर टाइम्स

नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण : देश र जनतामा समर्पित हुने

भक्तपुर टाइम्स

डोलेश्वरमा श्रावणी मेलाबाट ९० लाख रुपैयाँ आम्दानी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy