BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका राजनीति समाचार समाज

जनतासँग अन्तरक्रिया गर्दै, भोट माग्दै नेमकिपा

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टी ताथलीले टोलटोलमा प्रशिक्षण सुरू गरेको छ। स्थानीय तहको निर्वाचन २०७९ लाई लक्षित गरि पार्टीले ताथलीका विभिन्न टोलहरूमा प्रशिक्षण सुरू गरेको हो।

टोलहरुमा पुगी स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक सबैसँग अन्तरक्रिया गर्दै र पार्टी सिद्धान्त, गतिविधि र समसामयिक विषयमा राजनीतिक कक्षाा सञ्चालन गर्दै पार्टीले चुनाव केन्द्रीत कार्यक्रमलाइ अघि बढाएको पार्टीले जनाएको छ ।

टोलटोलमा पुगेर राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने र सो टोलमा पार्टीको टोल समिति समेत गठन गरी निर्वाचनको तयारी गरेको पार्टील जनाएको छ । प्रशिक्षणमा पार्टीका नेता तथा पार्टीका तर्फबाट विजयी बनेका जनप्रतिनिधिहरूले नेमकिपा र अन्य दलहरूबीच रहेको भिन्नताबारे बताउँदै नेमकिपाले ताथलीको विकास निर्माणका लागि गरेको योगदानबारे चर्चा गर्ने गरेको नेताहरुले बताए ।

जनताको गुनासो सुन्दै र जनतासँग अन्तरक्रिया गर्दै आगामी निर्वाचनमा नेमकिपालाई जिताउन जरूरी रहेकोमा जोड दिँदै चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले पाँच वर्षमा ताथलीमा भएका विकास निर्माणकाबारे जानकारी दिने गरेका छन् ।

उनले चाँगुनारायण नगरपालिकामा मेयरको तोक आदेशमा व्यक्तिकेन्द्रीत बजेट विनियोजन गर्दा विकासमा ताथली पछाडि परेको बताए। उनले ताथलीलाई भ्रष्टाचारमुक्त वडाका रुपमा विकास गरिरहेको जानकारी दिँदै सिंगै चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनका लागि एमाले र काँग्रेसका जनप्रतिनीधिले नमानेको बताए ।

पार्टीले ताथलीको पुजारी पाटी, ढुंगेन, हलालगाउँ, हाँडी गाउँ, नयाँ बस्तीलगायतमा निर्वाचन परिचालन समिति गठन गरिुकेको जनाएको छ ।

थप ख़बर

बैंकिङ कसूर मुद्दामा फरार भक्तपुरका राई पक्राउ

भक्तपुर टाइम्स

‘जग्गा दलाली’ मा शिक्षकदेखि नेतासम्म र ज्यामीदेखि ठेकेदारसम्म

भक्तपुर टाइम्स

अन्तरसंवादका लागि लेखक नयनराज पाण्डे भक्तपुर आउँदै

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy