BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका निर्वाचन २०७९- मंसिर ४ फिचर समाज

सिंगो चाँगुनारायणको विकासका लागि मेरो उम्मेदवारी: वडाध्यक्ष केसी

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चाँगुनारायण नगरपालिकाको नगर प्रमुख पदका लागि ९ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

त्यसरी आकांक्षा जनाएकाहरुमा प्रबिन बन, यादबप्रसाद अधिकारी, पुष्कर खत्री, जयेन्द्र खड्का, राधा कार्की (सरु बानियाँ ), जीवन खत्री र सुरेश श्रेष्ठमात्र नभएर शिवहरि केसी पनि रहेका छन् ।

उनको परिचय यत्तिमा मात्र सीमित छैन, उनी यसअघि अर्थात् २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि चाँगुनारायण नगरपालिकाको मेयर पदका आकांक्षी थिए । तर, उनले त्यो बेला पार्टीको निर्देशन अनुसार आफूलाई वडाध्यक्षमा सीमित गरे ।

‘२०७४ सालमै पनि मेरो उम्मेदवारी मेयरका लागि थियो, तर साथीभाइ र पार्टीपंक्तिकै अनुरोधलाई स्वीकारेर मैले वडाध्यक्षमा उम्मेदवारी दिएको थिए’ उनले भने । पार्टीको निर्देशन र चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटको आवश्यकतालाई मध्यनजर गरी उनी मेयरबाट पछि हटे । र, उनी वडा नम्बर २ मा वडाध्यक्ष बने ।

त्यसरी वडाध्यक्ष बनेका उनले जनप्रतिनीधिको पाँच वर्षको राम्रो अनुभवमात्र गरेनन्, चाँगुनारायण नगरपालिकाका जनताको इच्छा, आकांक्षालाई पनि नजिकबाट बुझे ।

वडाध्यक्ष पदको सपथ लिएसँगै उनले चुनावमा गरेका प्रतिवद्धतालाई सँधै साथसाथ लिए । ‘वडाका वडावासीलाई तीनवटा कुरामा प्रतिवद्धता जनाएका थियौं । सुशासन, समृद्धि र पर्यावरण । यी तीन विषयलाई हामीले प्राथमिकतामा राखेर वडावासीको सेवा गर्छौं भनेर भनेका थियौं । त्यही अनुसार दुवाकोटमा काम गरेका छौं’, उनले भने ।

उनको सोही कामको आधारमा पाँच वर्षअघिको दुवाकोट र पाँच वर्षपछिको दुवाकोटमा फरक देखिन थालेको छ । पाँच वर्षअघि ढल थिएन, अहिले ढल बनेको छ, सहरोन्मुख वडा भएकाले घर त बनेका थिए, सडक थिएन, अहिले घरघरमा सडक पुगेका छन् । सरसफाइको गुरुयोजना बनेर कार्यान्वयन भएको छ । त्यहाँको खानेपानी समस्या समाधान भएको छ ।

यही वडामा गरेको विकासको अनुभवलाई उनी चाँगुनारायण नगरपालिकाभर लागू गर्न चाहन्छन्, वडाध्यक्ष केसी । सोही कारण उनले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको दाबी गरेका छन् ।

उनले पाँच वर्षको अनुभवले जनताको सेवाका लागि राम्रो अनुभव गरेको र आफूले पहिलाभन्दा परिपक्वता हासिल गरेको बताए । मेयर पदको दाबी गरेका केसी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका थिए ।

वि.स. २०३६ साल वैशाख १८ गते जन्मिएका केसीको परिचय राजनीतिक कार्यकर्तामा मात्र टुंगिदैन, उनी एक सामाजिक कार्यकर्ता पनि हुन् । नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएर उनले सामाजिक र मानवीय सेवाका लागि समय र आफ्नो जीवनको महत्वपूर्ण समय व्यतित गरेका छन् ।

विभिन्न सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, खानेपानीको क्षेत्र तथा दुवाकोटवासीका दैन्दिनसँग जोडिँदै सेवामा लागेका उनको पछिल्लो परिचय बनेको छ, ‘विकासप्रेमी वडाध्यक्ष’।

शालिन स्वभाव, सहयोगी भावका व्यक्ति ः वडाध्यक्ष केसीको सदावहार छवि हो । यही छविले जनतामा लोकप्रिय छन् उनी र त्यही विश्वासमा आफू अडिएको केसीको ठहर छ ।

‘हामी जनताको सेवक हौं, शासक होइनौं, हामीले जनताको सेवा गर्नुपर्छ, जनतामाथि शासन गर्ने हैन’ भन्ने मूल मान्यताका साथ अघि बढेका उनले सिंगो चाँगुनारायणको विकासका लागि चाँगुनारायणबासीको जीवनसतर उठाउनका लागि आफूसँग एजेण्डा र योजना रहेको बताउँछन् । त्यो योजना पूरा गर्नका लागि पनि नेपाली काँग्रेस चाँगुनारायण नगर समितिको जिम्मेवारीमा रहेका उनले आफ्नो उम्मेदवारी जरुरी रहेको बताए ।

थप ख़बर

भक्तपुरको चुनदेवी खाद्य स्टोरमा प्रशासनको छापा : ११९ क्विन्टल चामल, ९ क्विन्टल ७५ केजी दाल र ६३६ लिटर खाने तेल बरामद, ३ लाख जरिवाना

भक्तपुर टाइम्स

कौसी खेती प्रवर्द्धनका लागि मध्यपुरमा मेला

भक्तपुर टाइम्स

समाजको हितको आफ्नो सुविधा अस्पताललाई : निजी गाडि सरकारी कामकाजमा प्रयोग गर्दै चाँगु नगरपालिकाका उप प्रमुख बुढाथोकी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy