भक्तपुर, २६ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै छन् । विभिन्न दलह?ले निर्वाचन लक्षित गतिविधिलाई तीब्र बनाउन थालेका छन् । नेपाली काँग्रेसले पनि निर्वाचन लक्षित क्रियाकलापलाइए अघि बढाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनअन्र्गत चाँगुनारायणमा दोस्रो(मतको हिसाबले) स्थान कायम गरेको काँग्रेस यसपटक पहिलो अर्थात् मेयर आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यसका लागि काँग्रेसले वडाका टोलटोलमा गएर संगठन बनाउनेदेखि लिएर व्यक्तिव्यक्तिलाई भेट्नेसम्मका कार्यक्रम तय गरेको नेपाली काँग्रेस चाँगुनारायणका सभापति शिवहरि केसीले बताए ।
उनले चाँगुनाराण नगरपालिकामा नेपाली काँग्रेसको पकड बलियो हुँदै गएको र चाँगुनारायणका लागि नेपाली काँग्रेसको नेतृत्व जरुरी देखिएको कारण पनि पार्टी कार्यकर्ताहरु हौसिएको र मेयरको टिकटका लागि पनि उल्लेख्य उपस्थिति रहेको बताए ।
२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चांगुनारायण नगरपालिकाको नगर प्रमुख पदका लागि ९ जनाले आशय पत्र भरेर इच्छा जनाइ सकेका छन् ।
त्यसरी इच्छा जनाएकाहरुमध्ये शिवहरि केसी, अच्युत अधिकारी, प्रबिन बन, यादब प्रसाद अधिकारी, पुष्कर खत्री, जयेन्द्र खड्का, राधा कार्की बानियाँ (सरु), जीवन खत्री र सुरेश श्रेष्ठ रहेका छन् ।
अहिले त्यसरी इच्छा जाहेर गरेका मेयरका दाबेदारहरुले मेयर आफूलाई दिलाउनका लागि लबिइङ गरिरहेका छन् । उनीहरु सबैले आफूले मेयरको टिकट पाएमा चाँगुनारायणमा नेपाली काँग्रेसको नेतृत्व सुनिश्चित हुने दाबी गरिरहेका छन् ।