BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर समाचार समाज स्वास्थ्य

भक्तपुरमा खोप अभियान सुरु : एक लाख बालबालिकालाई टाइफाइविरुद्धको खोप लगाइँदै

भक्तपुर, २५ चैत । भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।

अभियान अन्तर्गत एचएमआईएस अनुसार १५ महिना देखि ४ वर्ष सम्मका १३ हजार ५९६ र विद्यालयको तथ्यगत विवरणको आधारमा ५ देखि १५ वर्ष सम्मका ८६ हजार ९६४ गरी भक्तपुरमा कूल एक लाख ५६० जनालाई टाईफाइडविरुद्धको खोप दिन लागेको हो।

राष्ट्रिय खोप अभियान अन्तर्गत खोप अभियानका लागि भक्तपुरमा २४२ खोप केन्द्र निर्धारण गरिएको छ । जसमा खोप दिने तालिम प्राप्त स्वाथ्यकर्मी ५०५ जना स्वयम् सेवक ७७५ जना परिचालन हुनेछ ।

भक्तपुरका चार नगरपालिका मध्ये भक्तपुर नगरपालिकामा २८ हजार २१४, चाँगुनारायण नगरपालिकामा १७ हजार ६३९, मध्यपुर थिमिमा २७ हजार ७३५ र सूर्यविनायकमा २६ हजार ९७२ लक्षित बालबालिका छन्।

त्यस्तै भक्तपुर नगरपालिकामा ४६, चाँगुनारायणमा ६१, मध्यपुर थिमिमा ६६ र सूर्यविनायकमा ६९ खोप केन्द्र निर्धारण गरिएको मिजारले बताए।

खोप अभियान चैत्र २५ गतेदेखी २०७९ बैशाख १८ गते सम्म सञ्चालन हुनेछ । भक्तपुरमा बैशाख पहिलो सातासम्म अभियान सम्पन्न गर्ने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए ।

खोप लगाउँदा खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिराहरू आउने, हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र अत्यन्तै विरलै संख्यामा एनाफाइल्याक्सिस् प्रतिक्रिया हुन सक्ने मिजारले जानकारी दिए।

थप ख़बर

सूर्यविनायकमा एमाले ६८ मतले अघि, पछ्याउँदै काँग्रेस

भक्तपुर टाइम्स

मध्यपुर थिमि २ को वडाध्यक्षमा कांग्रेस, बहुमत सदस्यमा एमाले

भक्तपुर टाइम्स

देकोचा– चाँगु सडकको स्तरोन्नति सुरु : स्थानीयको चाहना–‘नगरकोटको जस्तो नहोस्’

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy