BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका राष्ट्रिय समाचार समाचार समाज

भक्तपुरको एन्टिक ड्राइभिङ स्कुलमा मोटर ड्राइभिङ तालिम सुरु

भक्तपुर,२४ चैत । भक्तपुरको एक सहकारीले १५ दिने चारपाङ्ग्रे सवारी (कार)को ड्राइभिङ ताालिम सञ्चालन गरेको छ ।

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा तालिम सञ्चालन गरेको हो । सो तालिम भेलुखेल कालाचा मार्गस्थित एन्टिक ड्राइभिङ्ग स्कुल प्रा.लि.मा सुरु भएको हो । तालिमका लागि सो स्कुलले प्राविधिक सहयोग गरेको छ ।

युवा सीप विकास गर्ने उद्देश्यले सुरु गरेको सो तालिमको उद्घाटन संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले गरेका थिए ।
संस्थाका अध्यक्ष बलर।म प्रजापतिले हिम्मत हार्न नहुने र आफूले चाहेमा हरेक कुरामा सफलता पाउन सक्ने कुरामा युवाहरुलाई जागरुक गराउँदै युवा अवस्थामा नै आफ्नो ठोस उद्देश्य लिएर अगााडि बढ्नुपर्ने बताए ।

ड्राइभिङ्ग स्कुलका प्रोपाइटर एवम् प्रशिक्षक लालकाजी श्रेष्ठले भक्तपुरको आय भक्तपुर भन्दा बाहिर जान नदिन र भक्तपुर वडा नं. १ देखि वडा नं. १० सम्मका युवाहरुको सीप विकासका लागि आफ्नै जन्मथलोमा ड्राइभिङ्ग स्कुल स्थापना गरेको बताए ।

विकास प्रजापतिले संचालन गरेको सो कार्यक्रममा ३० प्रशिक्षर्थी सहभागी छन् । कार्यक्रममा युवा उपसमितिका संयोजक विष्णु कुमार प्रजापतिले मोटर ड्राइभिङ्गको महत्वबारे बोलेका थिए ।

थप ख़बर

जर्बजस्ती करणीको झुठा जाहेरी दिने महिला प्रक्राउ

भक्तपुर टाइम्स

भक्तपुरका स्वतन्त्र उम्मेदवारको २२ वुंदे प्रतिवद्धता पत्र: पत्याउला भक्तपुरवासीले ?

भक्तपुर टाइम्स

जात्राभित्रको जात्रा मनाउँदै भक्तपुरबासी

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy