BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
चाँगुनारायण नगरपालिका निर्वाचन २०७९- मंसिर ४ समाचार

नेपाली काँग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ९ ले टुंग्यायो उम्मेदवार, वडा अध्यक्षमा खड्का

भक्तपुर, २२ चैत । स्थानीय तहको निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिका वडा नं. ९ का लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नेपाली काँग्रेस वडा पार्टी समितिले वडा अध्यक्षदेखि वडा सदस्यसम्मका उम्मेदवारहरुको टुंगो लगाएको हो । पार्टीका अनुसार सो वडामा वडा अध्यक्ष पदको उम्मेदवारमा राजकुमार खड्का रहेका छन् छन् भने सदस्यमा कृष्णप्रसाद फैजु, बिकास ढुङगाना, प्रतिमा गिरी र गायत्री विक रहेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट उनीहरुको नामावली सर्बसम्मत भएको वडा नं. न ९ का चुनाव प्रचार प्रसार समिति संयोजक सुरेश राज गिरिले बताए । उनले सो वडामा नेपाली काँग्रेसको जीत सुनिश्चित गर्नका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंग्याएको बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सो वडामा नेपाल मजदुर किसान पार्टीले प्यानलै जीत हासिल गरेको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट टंकबहादुर थापा उम्मेदवार बनेका थिए भने नेमकिपाका तर्फबाट गणेश त्यात उम्मेदवार बनेका थिए । निर्वाचनमा थापाले ४५१ र त्यातले १ हजार ५१ मतका साथ विजयी बनेका थिए ।

निर्वाचनमा महिला वडा सदस्यतर्फ नेपाली काँग्रेसकी मिरा वाग्ले(थापा)ले ५२० मत पाएकी थिइन् भने नेमकिपाकी कमला भारती(गिरी) ले १ हजार ५२ मत पाएर विजयी बनेकी थिइन् ।

नेपाली काँग्रेसको तर्फबाट भुपेन्द्र बुढाथोकी र रत्नलाल बनमाला वडा सदस्यमा उम्मेदवार बनेका थिए । उनीहरुले क्रमशः ३९५ र ३३५ मत पाउँदा नेमकिपाबाट उम्मेदवार बनी विजयी बनेका विद्यापति प्वार थापा र कृष्णराम बासुकलाले क्रमशः १ हजार ३२ र ९८९ त पाएका थिए ।

ल्याएका थिए । यसैगरी दलित महिला सदस्यतर्फ गायत्री विक नै उम्मेदवार बनेकी थिइन् । सोही पदमा नेपाल मजदुर किसा पार्टीकी उम्मेदवार सुमित्रा दर्जीले विजय हासिल गरेकी थिइन् । उनले १ हजार ४४ मत पाएकी थिइन् ।

थप ख़बर

निर्वाचन जित्न भक्तपुरमा राहतको नाममा ‘कम्बल र थरमस’

भक्तपुर टाइम्स

भक्तपुरमा सूर्यविनायक पहिलो: चाँगुनारायण दाेस्राे

भक्तपुर टाइम्स

हसिँया उद्याउने सिल ढुङ्गालाई भैरबको रुपमा पुज्न थालेपछि…

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy