BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका विचार शिक्षा समाचार

‘पुस्तक प्रदर्शनीले अध्ययन संस्कृतिको स्तर माथि उठ्नेछ’ : संयोजक चवाल

  • हरेक कुरा नयाँ ढङ्ग र सिर्जनशील सकारात्मक सोचका साथ समाजमा अघि बढ्न त्यसलाई पूर्ति गर्ने प्रयास नै आरम्भ नेपाल । युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोग गरी विभिन्न सिपमूलक तालिमहरु दिई दक्ष र आत्मनिभर बनाउने सोचलाई सार्थक बनाउनु आरम्भ भएको आरम्भ नेपालले २०७६ सालमा तीनदिने पहिलो पुस्तक प्रदर्शनी गरेको थियो ।
    भक्तपुरमा पुस्तक प्रदर्शनी आफैमा चुनौतिको विषय बनेको कुरालाई सरल र सहज रुपमा पार गर्दै यही समूहले पुनः पुस्तक प्रदर्शनीको तयारी गरेको छ । समूहले भक्तपुरको कमलविनायकस्थित लामगालमा तीनदिने पुस्तक प्रदर्शनी (चैत २१ देखि २३ सम्म) गर्दैछ । सोही प्रदर्शनीलाई लिएर भक्तपुर टाइम्सका प्रतिनीधिले कार्यक्रम संयोजक लक्ष्मीप्रसाद चवालसँग गरिएको कुराकानी:

     पुस्तक प्रदर्शनी नै किन ?

  • विगत भक्तपुर र वर्तमान भक्तपुर तुलना गर्यौं भने भक्तपुर विगतमा सधैं पश्चिम फर्किनु पर्ने बाध्यता थियो । हरेक कुरामा शिक्षा स्वास्थ्य लगायत यावत कुरामा वर्तमानमा हेर्नुस् त । हरेक कुरा यही भक्तपुर मै भक्तपुरको चार दिशामध्ये अहिले कतै फर्किनु पर्दैन भक्तपुरको शीर ठाडो छ । यो सव विगतदेखि हालसम्म नेपाल मजदुर किसान पार्टीले गरेका क्रियाकलापको परिणाम हुन । हो यस्तै अनेक सोच, दृष्टि, विज्ञका विचार लगायत यावत कुरा त पुस्तक मै संग्रहित हुन्छन् । त्यसैले विचार खुराकलाई एकत्रित गरी सबैलाई बाध्न पुस्तक प्रर्दशनी गर्दै छौं ।
  • पुस्तक प्रदर्शनी बाहेक प्रर्दशनीमा अरु कार्यक्रमहरु के – के हुन्छन् ?
    पुस्तक प्रदर्शनी बाहेक यही चैत १७ गते काठमाण्डौ उपत्यका रहेका चित्रकलाका कलाकारहरुले क्यानभासमा भक्तपुरलाई समेट्न प्रयास गर्ने छौं, जुन पुस्तक प्रर्दशनीमा प्रदर्शन हुने छन् । विभिन्न संञ्चार माध्यमबाट सामाजिक, राजनैतिक, विकृति विसंगति विरुद्व छापिएका कार्टुनहरु प्रदर्शन हुने छन्, नवदुर्गाको मुकुन्दो प्रदर्शन, नाटक मञ्चन भक्तपुरका पुराना फोटोहरु प्रदर्शनी, युवाहरु के पर्दछन्, कति पद्छन् विषयमा सामुहिक वार्ता हुने छ । देशमा तरङ्गित ख्वप मोडलबारे वार्ता हुने छन् भने प्रदर्शनी स्थलमा नेवारी खाजा स्थल र प्रत्येक साँझ साहित्यिक साँझ हुनेछन् ।
  • प्रदर्शनीका विशेषताहरु के – के हुन् ?
    पहिलो कुरो प्रदर्शनी अवलोकन सर्वसाधरण लगायत हरेक व्यक्तिले निःशुल्क गर्न पाउने छन् । सामुहिक वार्ता, छलफलमा सहभागी हुन पाउने छन् । पुस्तक सम्बन्धि अवलोकन कर्ताहरुलाई प्रश्न सोध्ने छन् सही उत्तर दिनेहरुलाई पुरस्कारको बन्दोबस्त हुने छन् । पुस्तकका साथै कलाकारहरुको कला विज्ञहरुका विचार सुन्न र हेर्न पाउने छन् भने मिठो नेवारी खाजाको स्वाद चाख्न पाउनेछन् ।
  • प्रदर्शनीले पुस्तकका पाठकहरु कसरी बृद्धि हुन्छ होला ?
    कुनै पनि व्यक्ति हरेक दिन लाउन लुगा कोही कसैसँग मागेर लगाउदैन । विशेष दिन, फरक समयमा लगाउन हरेक व्यक्तिसँग फरक फरक लुगा हुन्छन् । त्यो लुगा काठमाण्डौको कुनै ठाउँमा मात्र सिलाउन परेमा कस्तो होला परिकल्पना गर्नुस् त । त्यसैले तामझामका साथ पुस्तक मेला प्रदर्शनी ठाउँ ठाउँमा गरेपछि स्वत ः पाठकहरु बढ्ने छन् अध्ययन संस्कृतिको स्तरमाथि उठ्ने हाम्रो विश्वास छ ।
  • प्रदर्शनीमा कुन कुन प्रकाशक/संस्थाहरु सहभागी हुदैछन् ?
    यस आरम्भ पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, बुकहिल पब्लिकेशन, नेपालय् पब्लिकेशन, इन्डिको इन्क, विवेक सृजनशिल, किताब पब्लिशर, पाँच पोखरी प्रकाशन, साँग्रीला बुक्स, लिपि बुक्स, अनुज बुक्स, बेला बुक्स, फाइन प्रिन्ट, रत्न बुक्स, शीखा बुक्स, मञ्जरी पब्लिकेशन, जागरण बुक्स, फिनिक्स बुक्स, जनप्रकाशन गृह, कथालयलगायतका प्रकाशक÷संस्थाहरुले सहभागिता जनाउने छन् ।
    साथै आरम्भ पुस्तक प्रदर्शनी २०७८ को अवसरमा यही सालबाट आरम्भ नेपालले दुई वटा किताब विमोचन गर्दै छौँ । एक दामोदर सुवालका सय कार्टुन र पुण्यराम सुवालको ‘ह्युपा निंति’ कविता संग्रह हुन् ।
  • पुस्तक बाहेक अरु कुनै संस्थाहरु सहभागी हुँदैछन् कि ?
    याटर डे प्लेन एयर ग्रुप , शिल्पी थिएटर, नेपाली हस्तकला ।
  • पुस्तक बिक्रीमा छुटको व्यवस्था के छ ?
    पुस्तकको मुल्य बजार मुल्य भन्दा सस्तो पाउनु हुनेछ ।
  • आरम्भका भावी कार्यक्रमहरु के – के छन् ?
    आरम्भ नेपालको प्रत्येक महिनामा अनिवार्य एक पल्ट बैठक हुन्छ । बैठकले समय सापेक्ष कार्यक्रमहरु तय गर्छन् । कार्यक्रम मुख्य होइन, गर्ने भावना, चाहना, र नियन्त्रित जोश नै कार्यक्रम हो र हुन्छन् ।
  • यत्रो कार्यक्रम गर्न आर्थिक स्रोत चाहि कसरी व्यवस्था गर्नु हुन्छ ?
    एउटा उखान छ “जनताबाट सिक र जनतालाई देउ ” सत्कर्म गरौं जनता तपाई हाम्रो साथमा हुनेछन् । राज्यबाट उपेक्षित भक्तपुर नगरलाई कोरोना महामारीको बेला भक्तपुर नगरपालिकाको आह्वानमा अक्सिजन प्लान्टका लागि ६ करोड भन्दा नेपाल लगायत विदेश बस्नुहुने नेपालीहरुले चन्दा रकम सहयोग गरेका थिए । भने हामी यहीका जनातामा आश्रित छौ । तपाई पनि आर्थिक रुपमा सहयोगी संस्थाहरु गोर्खा इको प्यानल, अरनिको कन्सल्टाण्ट, प्राविधिक सहयोगमा शुभ कम्प्युटर, सञ्चार सहयोगीहरुमा भक्तपुर एफ एम, जनसंञ्चार टि भी तथा एफ एम, भादगाउँ टेलिभिजनका साथै साहित्य पोस्ट संस्थाहरु रहेका छन् ।
  • अन्य पाठक शिक्षक एवं विद्यार्थीहरुलाई केही भन्नै पर्ने कुराहरु छन् की ?
    आउनुहोस् आरम्भ पुस्तक प्रदर्शनीमा सहभागी हुनुहोस्, अवलोकन गर्नुहोस्, कमी कमजोरी हामीलाई बताउनुहोस्, राम्रा कुराहरु साथी, छरछिमेकमा भन्नुहोस् ।

थप ख़बर

ख्वप अस्पतालमा अन्तरङ्ग सेवा सुरू, बिजुक्छेँसँगै सांसदले समेत गरे अस्पताल निरीक्षण

भक्तपुर टाइम्स

भक्तपुरको वाल्मीकि आविका विद्यार्थी द भ्वाइस अफ किड्सकाे ब्लाइण्ड अडिसनमा छनाेट

भक्तपुर टाइम्स

देशभरका पत्रकारसँग चाँगुनारायण नगरपालिकाकाे साक्षात्कार, मेयर खत्रीले सुनाए नगरकाे याेजना

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy