BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार समाज साहित्य

‘भक्तपुरमा क्यानभास’ नामक एकदिने कला कार्यशाला

भक्तपुर, १७ चैत । आरम्भ नेपालको आयोजनामा हुने तीन दिने पुस्तक प्रदर्शनीको प्रचारार्थ स्याटर डे प्ले एयर (शनिबारीय कला अभियान) समूहको विशेष संयोजनमा बिहीबार दत्तात्रयमा ‘भक्तपुरमा क्यानभास’ नामक एकदिने कला कार्यशाला भएको छ ।

उक्त कार्यक्रममा आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले एकदिने कला कार्यशालाका संयोजक पूण्यराम मातांलाई क्यानभास वितरण गरेर सुरु गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका २५ जना चित्रकलाका कलाकारहरूको सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी कलाकारहरूको कला क्यानभास २०७८ चैत २१ देखि २३ गतेसम्म हुने आरम्भ पुस्तक प्रदर्शनी २०७८ मा प्रदर्शन तथा बिक्री समेत हुने आरम्भ नेपालले जनाएको छ।

कार्यक्रममा स्याटर डे प्ले एयर अभियानका संयोजक दिवेश प्रधानले ऐतिहासिक सम्पदाहरूको पूनर्निर्माणमा चित्रकलाको माध्यमबाट थप ऐतिहासिक मार्ग चित्रण गर्न सहयोग हुने र चित्रकलामा नयाँ पुस्ताको अभिरुचिले थप उर्जा प्राप्त भएकोले सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम समयसमयमा गर्नुपर्ने बताए ।

उक्त एकदिने कला कार्यशाला कार्यक्रमका संयोजक पूण्यराम मातांले सम्पदाको चित्रमा आफ्नो सीप देखाउने ठाउँमा पार्किङले बाधा सिर्जना गरेको र कार्यक्रमको लक्ष्य अनुसार नयाँ पुराना कलाकारहरूले आफ्नो सीपको माध्यमबाट भक्तपुरको कलासंस्कृति तथा रहनसहन बारे भक्तपुरलाई चिनाउन मद्दत गरेको बताए ।

थप ख़बर

शालिनदीमा स्वस्थानी व्रत मेलाको तयारी

भक्तपुर टाइम्स

भत्ता बुझ्ने ज्येष्ठ नागरिकले खेपे सास्ती

भक्तपुर टाइम्स

भक्तपुर रेडक्रसको २७ औं जिल्ला सभा सम्पन्न

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy