BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
निर्वाचन २०७९- मंसिर ४ समाचार समाज

स्थानीय तह निर्वाचन –२०७९ : भक्तपुरमा २१९ मतदान केन्द्र, ७७ मतदान स्थल

भक्तपुर, १५ चैत । आसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि जिल्ला निर्वाचन कार्यालयल भक्तपुरले मतदान केन्द्र र मतदान स्थल निर्धारण गरेको छ ।

कार्यालयले भक्तपुरमा रहेका मतदाता संख्याको आधारमा केन्द्र र मतदान स्थल निर्धारण गरेको हो ।

कार्यालयले भक्तपुरमा २१९ मतदान केन्द्र र ७७ वटा मतदान स्थल निर्धारण गरेको छ । कार्यालयका अनुसार भक्तपुर नगरपालिकामा रहेका ५७ हजार २७० मतदाताका लागि १६ मतदान स्थल र ६२ मतदान केन्द्र, २२ हजार ००७ मतदाता रहेको चाँगुनारायण नगरपालिकाका लागि २१ मतदान स्थल र ५३ मतदान केन्द्र, ४७ हजार ३ सय ६७ जना मतदाता रहेको सूर्यविनायक नगरपालिकामा २३ मतदान स्थल, ५८ मतदान केन्द्र र २० हजार ५ सय ३१ मतदाता रहेको मध्यपुर थिमि नगरपालिकामा १७ मतदान स्थल र ४६ मतदान केन्द्र तोकिएको कार्यालयका सूचना अधिकारी भीम बिसीले बताए ।

थप ख़बर

दधिकाेटबाट सीताराम पक्राउ

भक्तपुर टाइम्स

स्थानीय सरकारले इँट्टा उद्याेगकाे कुरा सुन्नु पर्छ : व्यवसायी लाखेमरू

भक्तपुर टाइम्स

पारागन ऐकेडेमीको २० औं वार्षिकोत्सव : शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy