भक्तपुर, १३ चैत । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका वडा नं. ६ देकोचा बस्ने राज परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ जलामुखी गाउँपालिका वडा नं. ४ मैदी घर भएका २२ वर्षका परियारले किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा शनिबार राित पक्राउ गरेको हो ।
परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।