भक्तपुर, १२ चैत । मदिरा व्यवसायी संघ भक्तपुरको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
भक्तपुरको सूयृविनायकस्थित भादगाउँ होटलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
सर्वसम्मत चयन भएको कार्यसमितिको अध्यक्षमा जीवन छुस्याकी, उपाध्यक्षमा कृष्णराम खोजु र सचिवमा सरोज खिमु श्रेष्ठ चुनिएका छन् भने कोषाध्यक्षमा विश्वनाथ हेङ्गजु चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा शिव सुन्दर श्रेष्ठ, मुकण्द वहादुर प्रधानाङ्ग, ओम मल्ल, बल वहादुर श्रेष्ठ र विनोद श्रेष्ठ चुनिएका छन् ।
यो पनि पढ्नुस: https://www.bhaktapurtimes.com/2022/03/24908/